युवाबिना नयाँ नेपाल निर्माण असम्भवः गृहमन्त्री


१९ जना युवा सम्मानित

प्रकाशित मिति :2015-08-12 17:06:33

कविता श्रेष्ठ
काठमाडौं,साउन २७।  उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले राज्य संचालनको हरेक प्रक्रियामा युवाको सक्रिय सहभागितालाई सुनिश्चित गर्न ठोस नीति अवलम्बन गर्नुपर्ने बताउनुभएको छ। उहाँले पुनर्निर्माणमा युवाको सार्थक सहभागिता र नेतृत्व आवश्यक भएकोले युवाबिना नयाँ नेपाल निर्माण असम्भव हुनेमा जाेड दिनुभयो।

अन्तराष्ट्रिय युवा दिवस १२ अगष्टको उपलक्ष्यमा युवा तथा खेलकुद मन्त्रालयले बुधवार काठमाडौंमा आयोजना गरेको ‘राष्ट्रिय युवाप्रतिभा सम्मान कार्यक्रम २०७२’मा उहाँले युवाको पहुँचलाई सुनिश्चित गर्दै थप सम्भावनाको विकास गर्न आवश्यक रहने धारणा राख्नुभयो।

कानुनमन्त्री नरहरी आचार्यले संख्यात्मक र गुणात्मक दुवै दृष्टिले युवावर्ग राष्ट्रको मेरुदण्ड भएकाले युवाको विकास गरी उनीहरूको क्षमतालाई राष्ट्र विकासको मूलधारमा ल्याउनुपर्नेमा जोड दिनुभयो। उहाँले युवा वर्गलाई राष्ट्रिय नीतिमा विशेष सम्बोधन गरी राष्ट्र निर्माणमा अग्रसर गराउनु अहिलेको प्रमुख आवश्यकता रहेको बताउनुभयो।

सभासद रन्जु कुमारी झाले युवा र महिलाविना देशको विकास असम्भव भएकाले युवा महिलाका सवाल संविधानसम्म लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बिभिन्न क्षेत्रमा योगदान पुर्‍याएका युवालाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा खेलकुद र्तफ सोमपाल कामी, विमला तामाङ्ग, केशरी चौधरी थिए भने संस्थार्तफ आयोन र नेपाल अपाङ्ग महिला संघ सम्मान गरिएको थियो । त्यसैगरी युवा बैज्ञानिक डा राजिवकुमार झा, अधिकारकर्मी गोमावत्ाी पून, कला क्षेत्रका तर्फवाट राजन खतिवडा, साहसिक महिला सुस्मिता मास्के, युवा नेता प्रदीप परियार, डा विन्दु शर्मा, भवेश खनाल गरी १९ जना युवालाई सम्मान गरिएको थियो।

हरेक वर्ष अगष्ट १२ तारिखमा मनाइने अन्तर्राष्ट्रिय युवा दिवसको यस वर्र्षको नारा ‘चेन्ज आवर वर्ल्ड’ रहेकोछ।
युवा तथा खेलकुद मन्त्रालय अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेरको जनसंख्या कूल जनसंख्याको ३९.८५ प्रतिशत  रहेको छ।

संयुक्त राष्ट्रसंघले १५ देखि २४ वर्ष उमेर समूहलाई युवाका रुपमा व्याख्या गरेको छ भने नेपालले १५ देखि ४० वर्ष उमेर समूहलाई युवा परिभाषित गरेको छ। छिमेकी मुलुक भारतले १५ देखि ३५ वर्ष तथा चीनले १४ देखि २८ वर्ष उमेर समूहलाई युवा मानेका छन्।

प्रकाशित मितिः २०७२ साउन  २७ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: