बलात्कार सम्बन्धि उजुरी बढ्यो


आफन्तबाटै महिला असुरक्षितः प्रहरी

प्रकाशित मिति :2015-08-13 13:40:46

खेमा बस्नेत

धनगढी, साउन २८। यही साउन १६ गते कैलालीकी ३ वर्षीया बालिका आफ्नै काका नाता पर्नेवाट बलात्कृत भएको मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भयो। घरमा कोही नभएको मौका छोपी आफ्नै काकावाट ती बालिका बलात्कृत भईन्। गत जेठ १८ गते अपहरण गरी बलात्कार गरेको सम्बन्धि एक मुद्दा दर्ता भयो। घरको छतमा सुतीरहेकी डडेल्धुरा घर भई बोराडाडीमा डेरामा बस्दै आएकी १८ वर्षिया महिला त्यहीबाट उपहरणमा परिन् र जंगलमा लगेर बलात्कार भयो।

उनीमाथि जेठ १४ गते सामूहिक बलात्कार भएको थियो। तर उनले जेठ १८ गतेमात्रै जिल्ला प्रहरीमा उजुरी दिइन्।

पीडकले डर धम्की दिएको कारण बलात्कार भएपछि उनले प्रहरीकहाँ उजुरी दिन नसकेको बताइन्। ‘श्रीमान कामले डडेल्धुरा गएका थिए। त्यो राती कोठामा गर्मी भएकोले छतमा सुतेकी थिए। एक्कासी ५ जना आएर मलाई जर्वजस्ती बोकेर लगे’–पीडितले भनिन् ‘राजघाटको नर्सरी जंगलमा लगेर पालैपालो बलात्कार गरे।’

५ जनाको समूहमा रहेका बलात्कारीले उनलाई जंगलमै छोडेर भागेका थिए। बलात्कृत निरुताको किटानीका आधारमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको पुर्पक्षका लागि थुनामा राखिएको छ। सो घटनामा धनगढी नगरपालिकाका बोराडाँडीका २१ वर्षीय प्रकाश कुँवर, २० वर्षीय किसन शाही, २१ वर्षीय शुशील रावत निराज शाही र २१ वर्षीय विमल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

पछिल्लो समयमा घरमै महिला असुरक्षित हुने गरेको कैलालीका प्रहरी उपरीक्षक विक्रम बहादुर चन्द बताउँनुहुन्छ। घर मूली नभएको वा घरमा कोही नभएको अवस्थाको मौका छोपेर अपराधीहरू घरमा पस्ने गरेका उहाँको भनाई छ।

महिलामा बढ्दै गएको चेतनाका कारण बलात्कार सम्बन्धि उजुरी प्रहरीकहाँ बढी आउन थालेकोले प्रहरी उपरीक्षक चन्दले बताउनुभयो। यसअघि गाउँघरमै गुपचुप रहने घटना सचेतनाका कारण प्रहरी समक्ष आइपुग्ने गरेको उहाँको भनाई छ।

उहाँका अनुसार मादक पदार्थको सेवन, अश्लील दृश्यचित्र दुस्प्रचारले बलात्कार जन्य घटनाहरूलाई बढावा दिइरहेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पछिल्लो समय बलात्कार सम्बन्धि उजुरी आउने क्रम बढेको छ।

आर्थिक वर्ष २०६८/०६९ सालमा प्रहरीमा १८ वटा बलात्कारका उजुरी दर्ता भएका थिए। २०६९/७० मा २१ वटा दर्ता भए।
त्यसैगरी आर्थिक वर्ष २०७०/७१ मा यो संख्या २२ पुग्यो भने आ.व. २०७१/७२ मा बलात्कारका ३१ वटा उजुरी प्रहरीमा दर्ता भएका छन्। प्रहरीका अनुसार सो अवधिमा १४ बालिका बलात्कृत भए भने ६ सामूहिक बलात्कार भएका छन्।

जिल्ला अदालत कैलालीका उप सचिब जगदिश प्रसाद भट्टले गत आर्थिक वर्षबाट सरेकासहित २०७१/०७२ मा ४३ वटा जबरजस्ती करणी र १९ वटा जबरजस्ती करणी उद्योगको मुद्दाको फैसला भएको बताउनु भयो। प्रमाणको आधारमा सफाई र कार्वाहीको ठहर भएको उहाँको भनाइ छ ।
उहाँले फैसला गर्ने क्रममा मेडिकल रिपोर्टसँगै पीडितको भनाईलाई पनि प्रमाणको रुपमा लिने गरेको बताउदै सबै फैसला पीडितमुखी नहुन पनि सक्ने बताउनुभयो।

प्रकाशित मितिः २०७२ साउन २८ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: