आफ्नो नाममा आएको बजेटबाट व्यवसायी बन्दै महिला


प्रकाशित मिति :2015-08-13 14:29:18

महिला खबर
नेपालगन्ज, साउन २८। अवसर र सीप दिए ग्रामीण क्षेत्रका महिलाले पनि केही गर्न सक्छन् भन्ने कुरा बाँकेको खासकुस्मा गाविसका महिलाले व्यवहारमा उतारेर देखाई दिएका छन्। गाविसबाट छुट्टयाईएको लक्षित समूह अन्तर्गतको रकमले बाटो पुलपुलेसा तथा अन्य भौतिक पूर्वाधारमा खर्चनुको साटो आफूहरू नै आर्थिक रुपले सक्षम बन्नको लागि सीप सिकाउन प्रयोग गरेका छन्।

गाविसले दिएको महिला स–शक्तिकरणको रकमबाट उनीहरूले रातो अभियान, अगरबत्ति बनाउने तालिम र बाँसको मुढा बनाउने जस्ता तालिम लिएका छन्।

जुनतारा एकल महिला सञ्जाल खासकुस्माकी अध्यक्ष तीर्थकुमारी बस्नेतले महिलाका लागि छुट्टयाईएको बजेट महिला कै हितमा खर्च गर्न पाउने भएकोले महिला आफैँ सक्षम बन्न यस्ता तालिम सञ्चालन गरेका बताउनुहुन्छ। ‘अवसर पाए हामी पनि सक्षम छाैँ भन्ने सन्देश दिन महिलाका लागि सीपमूलक तालिमको आवश्यक छ’–उहाँले भन्नुभयो ।

उहाँले पहिलोपटक गाविसबाट लक्षित समूहको लागि छुट्टयाईएकोे न्यूनतम रकम जुनतारा एकल महिला सञ्जालले लिएर एकल महिलाको लागि …रातो अभियान’ सञ्चालन गरेको बताउनुभयो । उहाँले भन्नुभयो–…त्यो रकम त्यति धेरै नभए पनि त्यसले ग्रामीण क्षेत्रमा एकल महिलामाथि हुने विभेद हटाउन कोशेढुंगा सावित भएको थियो।’

उहाँले रातो अभियानबाट हाैँसिएका महिलाले गतवर्ष अगरबत्ती बनाउने तालिम सञ्चालन गरिएको र यस वर्ष जुनतारा एकल महिला सञ्जाल र महिला सशक्तिकरण समूहको संयुक्त आयोजनामा एक महिने बाँसको मुढा बनाउने तालिम सञ्चालन गरेको जानकारी दिनुभयो। रातो अभियानमा ४२ जना एकल महिला सहभागी भई विभेद अन्त्यका लागि एकजुट भएको र त्यसको लागि गाविसले २७ हजार रुपैयाँ छुट्टयाईएको थियो।

त्यसैगरी अगरबत्ती बनाउने तालिमको लागि ३४ हजार छुट्टयाईएको थियो भने यो तालिममा २५ जना एकल महिला सहभागी भएका थिए।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: