अज्ञात व्यक्तिकाे आक्रमणबाट शिक्षिका घाइते


प्रकाशित मिति :2015-08-13 15:01:04

बेलिना थापा
लमजुङ, साउन २८। पश्चिम लमजुङको इशानेश्वर गाविसको पौवामा एक्लै हिँडिरहेको बेला मङ्गगलवार साँझ अज्ञात युवाको आक्रमणबाट स्थानिय शिक्षिका कमला कुँवर गम्भिर घाईते भएकी छन्। चिसंकु निवासी जनमन्दिर माविकी शिक्षिका कुँवरलाई ईशानेश्वरको रामबजारबाट चिसंकु जाने क्रममा बाटोमा भेटिएका एक अपरिचित युवाले आक्रमण गरेका थिए। शिक्षिकासँग कुरा गर्ने निहुँमा पछ्याएका युवकले गाउँ पुग्ने बेला अचानक आक्रमण गरेर भागेका थिए। स्थानिय बालबालिकाले घटना देखेपछि गाउँले बोलाएका थिए। गाउँले घटनास्थल पुग्दा शिक्षिका कुँवर बेहोस अवस्थामा फेला परेको स्थानिय ध्रुब घिमिरेले बताए।

नचिनेका ती व्यक्तिको आक्रमणबाट शिक्षिकाको आँखामा गम्भिर चोट लागेको छ। घाईते शिक्षिकालाई उपचारका लागि पोखरा लगिएको छ । दोषीलाई पक्राउ गरी कारबाही गर्न स्थानियले माग गरेका छन्। घटनाको विरोधमा जनमन्दिर मावि, कुशुमाकर उमाविलगायतका विद्यालयका विद्यार्थी तथा शिक्षकहरुले प्रदर्शन गरेका छन्। दोषीलाई कारबाही गर्न माग गर्दै उनीहरूले ईशानेश्वरको रामबजारदेखि ईलाका प्रहरी कार्यालय भोर्लेटारसम्म जुलुश प्रदर्शन गरेका थिए।

शिक्षक विद्यार्थीको ज्ञापनपत्र बुझ्दै प्रहरीले घटनाको अनुसन्धान गर्ने प्रतिवद्धता जनाएको छ । घटनापछि भाग्ने क्रममा आक्रमणमा संलग्न युवाले छोडेको कमिज घटनास्थलबाट प्रहरी बरामद गरेको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: