महिनावारी अवस्थामा किशोरीको मृत्यु


मुटु रोगका कारण मृत्यु भएको प्रहरीको भनाइ

प्रकाशित मिति :2015-08-14 12:12:43

खेमा बस्नेत
बाजुरा, साउन २९ । बाजुरा कोटिला खोया बस्ने एक किशोरीको महिनावारी भएको वेला मृत्यु भएको छ । लामो समयदेखि मुटुरोगबाट पीडित १७ वर्षीया भावना मल्लको महिनावारी भएको बेला मृत्यु भएको हो ।

घरको तल्लो तलाको कोठामा सुतेकी मल्ल बुधबार  विहान आमाले चिया लिएर जाँदा छटपटाइरहेकी थिइन् , त्यसपछि केही समयमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक श्यामप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार मृतक मल्लसँगै उनकी बहिनी पनिसँगै  सुतेकी थिइन् । प्रहरीले मल्लको मृत्युकोकारण अरु नभई मुटुरोग भएको बताएका छन् ।

‘करिब दुई वर्षदेखि उनी मुटुरोगबाट पीडित भएको बुझियो’ घटनाको अनुसन्धान गरिरहेका जिल्ला प्रहरी कार्यालय कोल्टीका प्रहरी सहायक निरीक्षक धनसिंह कार्कीले भने ‘छाउ भएकोले हो भन्ने कुनै अन्य कुनै कारण भेटिएको छैन ।’

मुटु र टाउको दुख्ने समस्याका कारण दुई वर्षयता भारत र नेपालका विभिन्न अस्पतालमा मल्लको उपचार गरिरहेको मृतककी आमालाई उद्धृत गर्दै साहयक निरीक्षक कार्कीले बताए ।

समाचारमा बाहिर आएजस्तो छाउपडी गोठमा मृत्यु भएको भन्ने खबरमा सत्यता नभएको भन्दै सहायक निरीक्षक कार्कीले छाउपडी अवस्थामा व्यवहारमा भेदभाव समेत नगरेको पाइएको उनले बताए ।

‘उनी(मृतक) सुत्ने कोठा छोउपडी गोठजस्तो थिएन, सफा सुग्घर नै थियो तर अँध्यारो’ उनले भने ‘घरको तल्लो तलामा रहेको कोठमा उनलाई राखेको थियो ।’

विहान भएको घटनाको प्रहरीलाई वेलुका ४ बजेमात्रै खबर भएको उनले बताए  । तर, उनको विहान १० बजे नै अन्त्येष्टि गरिसकिएको प्रहरीले बताएको छ ।

घटनामाथि आवश्यक अनुसन्धान भइरहेको समेत निरीक्षक धनसिंह कार्की बताएका छन् । मृतक मल्ल नन्देश्वरी मावि कोटिलामा कक्षा ९ मा अध्ययनरत थिइन् ।

सुदूरपश्चिमको पहाडी जिल्लामा महिला छाउ(नछुने) हुँदा छाउ गोठमा बस्ने चलन कायमै भएपनि पहिले भन्दा घट्दै गएको प्रहरीले बताएको छ ।

‘चेतना बढ्दै गएकाले छाउगोठमा राख्ने प्रचलन हट्दै गएको देखिन्छ’ बाजुरका डिएपी पौडेलले भने ‘छाउ हुँदा अहिले घरमा राख्न थालिसकेका छन् । चेतना बढेकै कारणले होला छाउगोठमा राखिँदैन ।’

प्रकाशित मिति :२०७२ साउन २९ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: