आँखामा खुर्सानीको धुलो हालिदिने श्रीमानविरुद्ध उजुरी


प्रकाशित मिति :2015-08-14 12:20:27

सञ्जिला तामाङ

Khursaniरामेछाप, साउन २९ । आँखामा खुर्सानीको धुलोले हानेर घाइते बनाउने श्रीमानविरुद्ध रामेछापको वाम्ति गाविस झोरेनीकी ३१ वर्षीया आङ्ग ल्हेमी शेर्पाले बिहीबार जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दिएकी छन् । उनले श्रीमानलाई कारबाही गरी  आफ्नो जीवन रक्षा गरीदिन प्रहरी समक्ष माग गरेकी छिन् ।

रामेछापको बाम्ती गाविसका ४५ वर्षीय सोनामले साउन २४ गते सामान्य घरायसी विवादपछि आफ्नो आँखामा खुर्सानीको धुलो हालिदिएको आङ्ग ल्हेमीले बताइन् । छोरालाई विद्यालयबाट लिएर घर फर्किएकी आङ्ग ल्हेमीलाई उनका श्रीमानले घर फर्कने वित्तिकै घरको आँगनमा ढुकेर खुर्सानीको धुलो आँखामा हालिदिएका थिए । आँखामा खुर्सानीको धुलो हालेपछि आँखा फुटाईदिने भन्दै लामाले दुवै आँखामा औँलाले घोचिदिएको पीडितले बताइन् ।

 उनीसँगै विद्यालयबाट फर्किएका उनका ४ वर्षका छोरा फुर्वा शेर्पाको समेत लामाले घाँटी निमोठ्न लागेपछि उनलाई छिमेकीले छुट्याएका थिए । लामाले यसअघि पनि आफूलाई यातना दिने गरेको पीडित महिलाले बताइन् ।

४ वर्षअघि सामाजिक परम्परा अनुसार उनीहरूको विवाह भएको हो । यसअघिपनि उनीहरू वीचको विवाद मिलाउन  स्थानीय प्रहरीले वारम्बार प्रयास गर्दा पनि सफल नभएपछि जिल्ला सदरमुकाम आएको आङ्ग ल्हेमीले बताइन् । आँखामा खुर्सानी हालिदिएपछि २ दिनसम्म आँखा देख्न नसक्ने भएकी आङ्ग ल्हेमी आँखा केही देख्न सक्ने भएपछि बुधबार घरबाट हिँडेर विहीबार सदरमुकाम मन्थली आईपुगेकी हुन् । प्रहरीले उनका पतिलाई बोलाएर छलफल गराउने र त्यसपछि आवश्यक कारबाही अघि बढाउने बताएको छ ।

प्रकाशित मिति : २०७२ साउन २९ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: