गर्भपतन सम्बन्धी केही वैज्ञानिक तथ्यहरू
प्रत्येक वर्ष ४७ हजार महिलाको ज्यान जाने
डेविड रोबर्ट क्राईम्स
एजेन्सी, साउन २९ । गत साता मात्रै यूएस, यूके र चिलिमा गर्भपतन सम्बन्धी विवादहरू चर्केका थिए । विवादमा गर्भपतनका समर्थक र विरोधिहरूले विभिन्न वैज्ञानिक तथ्यहरू पेस गरे । जसमा गर्भपतन सम्बन्धी धेरै गलत बुझाई र धारणाहरू रहेको पाइएको थियो ।
समर्थकहरूका भनाई अनुसार महिलाले गर्भ राख्ने वा नराख्ने भन्ने कुराको अधिकार पाउनु पर्छ । तर, विरोधिहरू भने गर्भपतनको अधिकार दिईनु हुँदैन किनकी गर्भमा रहेका बच्चाहरूले जन्म लिन पाउँनु उनिहरूको अधिकार हो । यस्तै विवादास्पद बहसहरूले गर्भपतनको मुद्दालाई उचालेको छ । तर, गर्भपतन सम्बन्धी वैज्ञानिक तथ्यहरू यस्ता छन् ।
डेनमार्कमा ३ लाख ६५ हजार ५ सय ५० जना महिलामा गरीएको अनुसन्धानमा ८४ हजार ६ सय २० जना महिलाले गर्भपतन गरेको भेटिएको थियो । जसमा गर्भपतनले कुनै पनि मानसिक उदासीसनता ल्याउने तथ्यलाई गलत सावित गरेको छ ।
गर्भपतन र क्यानसरको कुनै सम्बन्ध नरहेको अनुसन्धानले देखाएको छ । ९ हप्तासम्मको सुरक्षित गर्भपतन र अहिलेको २१ अाैं शताब्दीमा आधुनिक गर्भवतन गर्ने सक्सनमा आधारित पद्धतिले दोस्रो पटक गर्ने गर्भपतनमा धेरै नै असर न्यून बनाएको छ । गर्भवतनले भविष्यको गर्भलाई हानी गर्छ भन्ने तथ्यको आधार नरहेको जनाईएको छ ।
गर्भपतन गर्दा गर्भमा रहेको भु्रणलाई पीडा हुने भन्ने गर्भपतनका विरोधिहरूको भनाई गलत रहेको छ, किनकी सुरूको अविकसित भ्रुणमा नर्भस सिस्टम र बौद्धिक विकास भइसकेको हुँदैन, जसले गर्दा भु्रणलाई कुनै पनि किसिमको पीडाको अनुभव हुँदैन् ।
२६ हप्तापछि मात्रै भ्रुणमा पीडाको अनुभूति हुने क्रमको विकास हुन्छ । तर, गर्भपतनका लागि तोकीएको गर्भ बढिमा २४ हप्ता हुन्छ र धेरै जसो गर्भपतन ९ हप्तामा हुने गरेको छ ।
गर्भपतनको पहुँचमा रोक लगाउँदा गर्भपतन कम हुन्छ भन्ने कुरा पनि अवैज्ञानिक रहेको अध्ययनले पुष्टि गरेको छ । पहुँचमा रोक झनै गैर कानूनी र असुरक्षित गर्भपतनलाई बढवा दिने गरेको पाइएको छ ।
संसार भर ४२ मिलियन महिलाले गर्भपतन गर्ने गरेका छन् र जसमा २१.६ मिलियन महिलाले असुरक्षित गर्भपतन गर्ने गरेका छन्, जसले गर्दा प्रत्येक वर्ष ४७ हजार महिलाको ज्यान जाने गरेको छ ।
प्रकाशित मिति: २०७२ साउन २९ गते शुक्रवार
Comment Here!