शान्ति सदभाव कायम गर्दै महिला


प्रकाशित मिति :2015-08-14 15:00:41

महिला खबर
नेपालगन्ज, साउन २९ । बाँकेको बैजापुर र विनौनाका महिलाले समुदायमा शान्ति र मेलमिलाप कायम राख्न अभियान थालेका छन् ।
उनीहरुले द्वन्द्वपीडितलाई राहत दिलाउन, जातीय विभेदका घटना हुन नदिन र बाढी पीडितका समस्याबारे छलफल गर्दै आएका छन् । साना विवादले समुदायमा अशान्ति हुन नदिन महिलाको सक्रियता कोशेढुंगा सावित भएको छ । समस्या समाधानका लागि उनीहरुले दोहोरो संवादलाई माध्यम बनाएका छन् । छलफल नगरेकै कारण धेरै समस्या सम्बोधन हुन नसकेको महिलाको बुझाइ छ ।

जुवातास र लागूऔषध दुव्र्यसनीले समुदायमा अशान्ति भएपछि स्थानीयवासीले नियन्त्रण अभियान थाले । जुवातास खेल्नेलाई ७ हजार रुपैयाँ जरिवाना तोक्ने निर्णय गरिएपछि नियन्त्रण भएको छ । ‘समयमै समस्या पहिचान गर्न नसके त्यसले ठूलो रुप लिन सक्छ ।’–मेलमिलाप तथा विकास मञ्चकी अध्यक्ष धनि वलीले भन्नुभयो– ‘त्यसैले सामाजिक विकृतिका घटनामा छलफल गरी समस्या समाधान गर्दै आएका छौं ।’  जोखिममा रहेका युवाको समस्या सम्बोधनका लागि पनि महिलाले छलफल गर्दै आएका छन् । सामाजिक सद्भाव कायम गर्न विभिन्न अभियान थालिएको छ । त्यसका लागि युवा सञ्जाल पनि गठन गरिएको छ । युवाको सहयोगमा गाउँ–गाउँमा सडक नाटकलगायत अभियान सञ्चालन हुँदै आएको छ ।

राहतबाट वञ्चित द्वन्द्वपीडित सीता विकलाई पनि सञ्जालले सहयोग गरिरहेको छ । द्वन्द्वका क्रममा उनका पति ओमलाल विकको हत्या भएको थियो । तर कागजात पुर्‍याउन नसकेका कारण उनी राहतबाट वञ्चित थिइन् । सुर्खेतको मेहलकुनामा भएको भिडन्तमा ओमलाल मारिएको प्रमाण बनाउन महिलाले सहयोग गरे । ‘यस्ता समस्याले फेरि पनि द्वन्द्व सृजना गर्न सक्ने भएकाले पनि त्यसतर्फ ध्यान दिएका हौं,’ –वलीले भन्नुभयो–‘मासिक बैठक बसेर गाउँको समस्या पहिचान गरी अभियान चलाउँदै आएका छौं ।’

सञ्जालले सामाजिक सदभावका लागि ४–४ महिनामा सार्वजनिक सूचना प्रकाशित गर्दै आएको छ । त्यसमा समुदायमा देखिएको समस्या, सम्बोधनका उपाय र गरिएका प्रयास समेट्ने गरिएको छ । त्यसले पनि समुदायमा सकारात्मक सन्देश दिएको महिला अभियानकर्ताको विश्वास छ । स्थानीय समस्या गाउँमा आफैंले सम्बोधन गर्ने प्रयास गर्दै आएको युवा सञ्जालकी अध्यक्ष पूर्णकला खत्रीले बताउनुभयो ।

प्रकाशित मिति २०७२ साउन २९ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: