दीर्घकालिन योजना ल्याउनुस् : उपाध्यक्ष भवानी राणा


प्रकाशित मिति :2015-08-16 11:18:01

महिला खबर

नेपालगन्ज, साउन ३१ । नेपाल उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणाले महिला उद्यमीका समस्यालाई आफूले सक्दो सम्वोधन गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

उद्योगी व्यापारीहरूको छाता संगठन महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि गृहनगर नेपालगन्ज आउनु भएकी राणाले नेपालगन्जका महिला उद्यमीका समस्याका वारेमा छलफल गर्दै यस्तो प्रतिवद्धता जनाउनु भएको हो ।

‘महिला उद्यमीलाई फाईदा पुग्ने दीर्घकालिन ठूलो योजना लिएर आउनुस्, त्यसलाई म केन्द्रबाटै योजनामा पार्न हरसम्भव प्रयास गर्नेछु ।’–वरिष्ठ उपाध्यक्ष राणाले भन्नु भयो–‘महिला उद्यमीलाई प्रोत्साहन र सहयोग गर्न म सदैव तत्पर रहने छु ।’

महिलाले उत्पादन गरको वस्तु र व्यवसायको वजारीकरण नभएको, महिलाले वहुराष्ट्रिय कम्पनीका उत्पादनसँग प्रतिष्पर्धा गर्नु परेको, विद्युत नियमित नहुँदा उत्पादनमा प्रभाव परेको लगायतका समस्या वरिष्ठ उपाध्यक्ष राणा सामु आफुहरूले राखेको नेपालगन्ज उद्योग वाणिज्य संघकी उपमहासचिव रचना श्रेष्ठले जानकारी दिनु भयो ।

यस क्षेत्रमा महिलाले उत्पादन गर्ने वस्तु तथा सेवाको बजारीकरणको लागि कोशेली घर स्थापनाको लागि पहल गरिदिन समेत नेपालगन्जका महिला उद्यमीले राणा समक्ष प्रस्ताव गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको गरिमामय वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा राणालाई नेपालगन्ज उद्योग वाणिज्य संघ र महिला उद्यमी विकास समितिले नेपालगन्जमा स्वागत सम्मान समेत गरेका छन् ।
वरिष्ठ उपाध्यक्ष राणाको प्रतिवद्धताले आफूहरुलाई हौसला मिलेको नेपालगन्ज उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिकी संयोजक कुशुम बस्नेतले बताउनुभयो ।

प्रकाशित मिति २०७२ साउन ३१ गते आइतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: