एकल महिलालाई तरकारी उपहार


प्रकाशित मिति :2015-08-16 13:40:23

महिला खबर
पोखरा, साउन ३१। सिमान्तकृत महिलालाई उद्यमशील बनाउन मानव मिलन नारी जागरण नेपालले नारी सेवा कार्यक्रम शुरु गरेको छ ।

सो कार्यक्रम अन्तर्गत पोखरा १७ बस्दै आएकी एकल महिला टोपमाया अधिकारीलाई एक कार्यक्रमका बीच १० हजार रुपैयाँ बराबरको तरकारी फलफूल हस्तान्तरण गरी आत्मनिर्भर हुनका लागि उद्यमी बन्न प्रोत्साहन गरिएको हो।

कार्यक्रममा महिला उद्यमी सीता पाण्डेले महिलालाई आत्मनिर्भर बनाउने यस्तो कार्यक्रम उदाहरणीय भएको बताउनुभयो।

‘महिला आर्थिकरुपमा शसक्त भइ हिंसाबाट मुक्त हुन महिला आत्मनिर्भर हुनुपर्छ, महिलाले महिलाको अवस्थालाई बुझेर सहयोग गर्दै अगाडि बढ्न सके समाज रुपान्तरण छिट्टै हुन्छ’ पाण्डेले भन्नुभयो।

तरकारी व्यवसाय गरेर आत्मनिर्भर हुने बाटो देखाइदिएकोमा एकल महिला टोपमाया अधिकारीले संस्थाप्रति आभार व्यक्त गर्नुभयो। ‘अब म यसैबाट आय आर्जनकालागि जुट्छु। यो लगानीले मलाई काम गरेर खाने बाटो देखाइदिएको छ’ अधिकारीले भन्नुभयो।

नारी सेवा कार्यक्रमकी उपाध्यक्ष सविता बरालले आफ्ना श्रीमानको जन्मदिनको अवसरमा यो कोषको स्थापना गर्नुभएको हो।

‘यो कोषको व्याजबाट हामीले प्रत्येक वर्ष यसरी नै निम्न वर्गका एक महिलालाई उद्यमी बन्न प्रोत्साहनका लागि आर्थिक सहयोग गर्ने लक्ष्य राखेका छाैँ’ बरालले भन्नुभयो।

मानव मिलन नारी जागरणकी अध्यक्ष सावित्री शर्माले यो सहयोग पहिलो र यसका लागि स्थापित कोषलाई बढाउँदै लगि एकल र निम्न आय भएका सिमान्तकृत महिलालाई सहयोग गर्ने बताउनुभयो।

प्रकाशित मितिः २०७२ साउन ३१ गते आईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: