तालिमले बनायो व्यावसायिक


प्रकाशित मिति :2015-08-16 14:20:30

महिला खबर

पोखरा,साउन ३१ साउन । जलकुम्भीबाट हस्तकलाका सामान बनाउने तालिममा सहभागीका लागि बोलाउँदा विष्णु उँचाइ ठकुरी सुरुमा छक्क परिन् । ‘जलकुम्भीबाट कस्तो सामान बन्छ होला भन्ने धेरै प्रश्न मनमा उब्जिए’ उनले भनिन् । तर तालिममा सहभागी भएर जलकुम्भी झार र छ्वालीबाट विभिन्न सामान तयार गरेपछि भने उनी निकै उत्साहित बनिन् । उनको उत्साह उत्कृष्टमा परिणत भयो । तालिममा प्रथम भएर पुरस्कार समेत हात पार्न सफल भइन् विष्णु । त्यसपछि सीपलाई व्यावसायीकरण गर्ने सोच अनुरुप उनी अगाडि बढिन् ।
जलकुम्भीबाट निर्मित सामग्री देखाउँदै ठकुरीले भनिन्–‘यति सुन्दर सामानको निर्माण पछि सिकेको सीपलाई व्यावसायिकरण गर्ने आत्मविश्वास बढ्दै गयो । लगत्तै म यो तालिमको प्रशिक्षक भएर अन्य महिलालाई सिकाउन थालें । निकै खुशी छु । सहज उपलब्ध र सस्तो कच्चा पदार्थद्वारा निर्मित बस्तु निकै लोभलाग्दा र आकर्षक छन् ।’

ठकुरीले अहिले वडा समन्वय समितिको सहयोगमा ३२ जना महिला दिदी बहिनीलाई जलकुम्भी झार सम्बन्धी हस्तकला सामान बनाउने तालिम दिइरहेकी छन् । त्यसैगरी छ्वाली सम्बन्धि तालिमको प्रशिक्षकको रुपमा कृष्ण कुमारी प्रसाईं छन् ।

11147567_514388828712338_2068353985533929424_n

प्रसाईंले भनिन्–‘अन्य तालिम भन्दा यो तालिम निकै उपयोगी भएको भन्दै सहभागी उत्साहित भएका छन् । घरमै फुर्सदको समय सदुपयोग गरेर पनि यस्ता सामग्री बनाउन सकिने भएकाले सहभागीले उत्पादित सामानको बजार खोजेका छन् ।’

तालिममा सहभागी विष्णु अधिकारी तिवारीले तालिमले बस्तु निर्माण गर्नमात्र नभइ समयको सदुपयोग गर्दै आत्मनिर्भर हुने विविध बाटाहरू देखाएको प्रतिक्रिया दिइन् । उनले भनिन् ‘यो अवसरलाई भरपुर सदुपयोग गर्छु ।’

महिलालाई आत्मनिर्भर बनाउने विभिन्न सीपमुलक तालिमको आयोजना गरेपनि तालिमको समापनसँगै सीपलाई व्यवसायिकरण गर्न वातावरण नहुँदा लगानीको प्रतिफल धेरैले पाउन नसकेको वडा समन्वय समितिकी अध्यक्ष कालिका थापाले बताईन । उनले भनिन् ‘यो तालिम भने उपयोगी हुने देखिएको छ । उत्पादित सामानमाथि धेरैबाट सकारात्मक प्रतिक्रिया आएका छन् । बजार प्रवर्द्धनमा महिला उद्यमीहरूले सघाउने भएका छन् ।’

तालिम दिएर मात्रै हुँदैन उनीहरूद्वारा निर्मित वस्तुलाई बजारीकरणका लागि पनि पहल गरिदिनुपर्ने पद्मावती हस्तकला उद्योगकी संचालक महिला उद्यमी हिरा भट्टराइले बताइन् । उत्पादित सामानको खरीद पद्मावती हस्तकला उद्योगले गरिदिने भट्टराइले जानकारी दिइन् ।

प्रकाशित मिति २०७२ साउन ३१ गते आइतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: