कार्यस्थलमा हुने यौनदुर्व्यवहार सम्बन्धी ऐन कार्यान्वयनमा समस्या


नियमावली कहिले आउँछ भन्न सकिन्नः मन्त्रालय

प्रकाशित मिति :2015-08-16 14:48:46

निर्मला ठकुराठी
काठमाडौं, साउन ३१। कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) ऐन  (२०७१) आएको १० महिना पुग्यो। तर अहिलेसम्म नियमावली नबन्दा ऐन कार्यान्वयनमा समस्या देखिएको छ। व्यवस्थापिका संसदले गएको कात्तिक महिनामा यो ऐन ल्याएको थियो। नियमावली बन्ने प्रक्रियामा रहेको महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सुचना अधिकारी रामप्रसाद भट्टराईले जानकारी दिनुभएको छ।

नियमावलीको मस्यौदाका बारेमा छलफल भईरहेको भन्दै भट्टराईले नियमावली प्रक्रियामै रहेको बताउनुभयो। नियमावली यतिनै समय भित्र आउँछ भन्न नसकिने भट्टराईको भनाइ छ।

कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) ऐनमा काम गर्ने ठाउँमा सेवाग्राही, सहकर्मी वा आफु भन्दा माथिल्लो पदको व्यक्तिले कुनै महिलालाई यौन दुर्व्यवहार गरेमा ६ महिनासम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ। व्यवस्थापकले कार्यस्थलमा यौनजन्य दुर्व्यवहार हुन नदिन वा निवारण गर्न कर्मचारीको सेवा, सर्त सम्बन्धी कानुनमा यौनजन्य दुर्व्यवहार निवारण सम्बन्धी आवश्यक व्यवस्था गर्नुपर्ने ऐनमा उल्लेखछ।

यसवारे कर्मचारी तथा सेवाग्राहीलाई सजग गराउने, पीडितलाई आवश्यकता अनुसार मनोविमर्श सेवा उपलव्ध गराउने, कार्यस्थलमा गुनासो पेटिका राख्ने, यौनजन्य दुर्व्यवहारविरुद्ध उजुरी गर्ने अवधि, कार्यविधि तथा उजुरी सुन्ने अधिकारीको सम्बन्धमा जानकारी गराउने काम व्यवस्थापकले गर्नुपर्ने छ।

कसैले कुनै कर्मचारी वा सेवाग्राही उपर कार्यस्थलमा यौनजन्य दुर्व्यवहार गरेमा पीडित कर्मचारी, सेवाग्राही वा जो सुकैले १५ दिन भित्र व्यवस्थापक समक्ष लिखित वा मौखिक उजुरी दिन सक्न व्यवस्था ऐनले गरेको छ। व्यवस्थापकले १५ दिनभित्र टुङ्गो नलगाएमा अथवा व्यवस्थापकको निर्णयमा चित्त नबुझेमा ७० दिनभित्र प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी दिनसक्ने व्यवस्था ऐनमा छ।
ऐन अनुसार व्यवस्थापकले आफ्नो दायित्व पालना गरे नगरेको सम्बन्धमा राष्ट्रिय महिला आयोग वा व्यवस्थापक कार्यरत रहेकोभन्दा माथिल्लो निकायले कार्यस्थलको निरीक्षण तथा अनुगमन गर्न गराउन सकिने छ।

यो ऐनमा यौनजन्य आशयले शरीरको कुनै अङ्ग छोएमा वा छुने प्रयास गरेमा, अश्लिल तथा यौजन्य क्रियाकलापसँग सम्बन्धित शब्द, चित्र, पत्रपत्रिका, श्रव्य, दृश्य साधन, वस्तु वा सामग्री प्रयोग वा प्रदर्शन गरेमा, लेखेर, वोलेर वा इशाराले अश्लील तथा यौनजन्य आशय प्रकट वा प्रदर्शन गरेमा यौनजन्य क्रियाकलापको बारेमा कुरा गरेमा, जिस्क्याएमा र अस्वाभाविक व्यवहार प्रकट गरेमा यौन दुर्व्यवहार गरेको मानिने उल्लेख छ।

एकपटक सजाय पाएको व्यक्तिले यस्तो कार्य दोहोर्‍याएमा पटकैपिच्छे दोब्बर सजाय हुने व्यवस्था ऐनमा छ। प्रमुख जिल्ला अधिकारीविरुद्ध भए सम्बन्धित क्षेत्रीय प्रशासकलाई उजुरी दिन सकिने व्यवस्था ऐनमा छ।

यो ऐन नमान्ने र उजुरी सुन्ने तथा निरीक्षण गर्ने गराउने निकायको निर्देशन पालना नगर्नेलाई पच्चीस हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था छ। यो ऐन कार्यान्वयन गर्दा संक्षिप्त कार्यविधि अपनाउनुपर्ने कानुनी व्यवस्था छ।

प्रकाशित मितिः २०७२ साउन ३१ आईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: