सुमित्रा के सी
रुकुम,साउन ३२ । रुकुमका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार महिलाले नियुक्ति पत्र बिनानै काम गर्ने गरेका छन् ।
रुकुम मुसिकोटमा भएको पत्रकार महिलाको भेलामा सहभागी अधिकांश पत्रकार महिलाले नियुक्ति पत्र बिनानै कामगर्ने गरेको बताएका छन् ।
भेलामा सहभागी पत्रकार महिलाले मिडियाका सञ्चालकहरूले नियुक्ति पत्र दिन्छु भन्दै बिहानदेखि साँझसम्म काम लगाएरे श्रम शोषण गरेको गुनासो गरेका थिए ।
अहिले रुकुमका विभिन्न सञ्चार माध्यममा कार्यरत २३ जना पत्रकार महिला मध्ये ५ जनाले मात्र नियुक्ति पत्र पाएका छन् ।
क्रियाशील पत्रकार महिला जिल्ला शाखा रुकुमका अध्यक्ष नुमा रिजालले पत्रकार महिलालाई नियुक्ती नै नदिएर श्रम शोषण गरेको प्रति आपत्ती जनाउँदै तत्काल सञ्चार माध्यमको अनुगमन गर्ने बताउनुभयो ।
उहाँले नियुक्ति पत्र बिना काम नर्गन पत्रकार महिलालाई अनुरोध समेत गर्नुभयो ।
प्रकाशित मिति :२०७२ साउन ३२ गते सोमवार
Comment Here!