गरिखानेलाई किन दुःख दिन्छौ ? टेम्पो चालक महिला


प्रकाशित मिति :2015-08-17 11:29:41

निर्मला ठकुराठी

काठमाडौं, साउन ३२ । बन्दलाई चुनौती दिँदै महिला ट्याम्पो चालकहरूले बिहानै देखि सडकमा ट्याम्पो गुडाइरहेका छन् । आफ्नो अधिकार माग्न, हाम्रो गाँस खोस्न पाईंदैन भन्दै, ट्याम्पो चलाएको उनीहरूले प्रतिक्रिया दिए ।
ट्याम्पो चालक मीना चन्द ठकुरीले बन्दप्रति आक्रोसित हुँदै भनिन् ‘दिनभरी कमाएर साँझ बिहानको छाक टार्ने हामीजस्ता महिलाले बन्दमा के खाने ? बालबच्चालाई के खुवाउँने ? बन्द गर्नेसँंग त पैसा छ होला । हामीले ज्यान कसरी पाल्ने ?’ उनले बन्दकर्तालाई बन्द नगरिदिन अनुरोध गर्दै भनिन् ‘बन्दले गरिखाने महिलालाई निकै ठुलो असर गरेको छ । बन्द सँधैका लागि बन्द गर्नुहोस् ।’

काठमाडौंमा सबैको ट्याक्सी चढ्न सक्ने अवस्था छैन, यो बेला ट्याम्पो चलाउँदा यात्रु र चालक दुबैलाई फाइदा हुने उनको भनाई छ ।

अहिलेसम्म टेम्पो चलाउँदा आन्दोलनकारीले त्यस्तो क्षति नपु-याएपनि यदि भै हाल्यो भने क्षतिपुर्ति कसैले नदिने र क्षति अनुसारको पैसा आफैँले हाल्नुपर्ने उनले बताइन् । ‘दयालु साहु भएमात्रै हो, नत्र त आफूले पनि तिर्नुपर्छ’ उनले भनिन् ।

चालक सम्झना श्रेष्ठले बिहान १० बजेदेखि टेम्पो निकालेको बताइन् । उनले भनिन् ‘अरुहरूले बिहानैदेखि चलाए पनि मैले तोडफोड हुन्छ भनेर डरले चलाइन ।’ पछितिर सबले चलाइरहेको थाहा पाएपछि मात्रै मैले पनि चलाउन सुरु गरेकी हुँ ।

DSC04348

प्राय बन्दको समयमा टेम्पो चलाउँदा लखेट्ने तोडफोड गर्ने हुँदा डर लाग्छ तर आजको बन्दले अरु बन्द जस्तो फरक नपारेको उनले बताइन । उनले आज यात्रु अरुदिन भन्दा कम भएको भन्दै भाडासम्म मात्रै उठ्ने बताइन । ४ जनाको परिवार पाल्ने उनले भनिन् ‘गरिखाने महिलालाई अती नै दुःख दिएको छ । बन्द कर्ताले बन्द नगरिदिए हुन्थ्यो ।’

सँधै बिहान ६ बजेदेखि नै टेम्पो चलाउने मञ्जु नेपालीले आज बिहान ७ बजेबाट मात्रै चलाउन सुरु गरिन् । उनले भनिन् ‘बन्दमा अलि सजग भएर चलाउनुपर्छ तोडफोडको डर हुन्छ ।’ उनले जुलुस देखेपछि टेम्पो फर्काएर बाटो छेक्दै टेम्पो चलाइरहेको बताइन् ।
बिहान यात्रु भएपनि दिउँसो तिर घटेको भन्दै उनले बन्दमा अरु गाडी नचल्दा टेम्पो चलाइरहने हो भने त्यति घाटा नहुने तर तोडफोडको डर हुने बताइन् । डरैडरले चलाए पनि आम्दानी राम्रै हुने उनको भनाइ छ । ‘बन्द कसले किन गरेको भन्ने पनि थाहा छैन’ —उनले भनिन् । साहुको टेम्पो चलाउने हुनाले बन्दमा त नचलाउँदा पनि पैसा पाइने उनले बताइन्
चिनामाया सुनुवारको पनि डर उस्तै छ । २ जना बच्चाको पालनपोषणको जिम्मा लिएकी उनलाई आज बन्दले आठ, नौ सय नै घाटा लाग्यो ।

काम गरेर खाने मान्छे उनले भनिन् दुःख गरेर त बालबच्चा पाल्छौ त्यहि दु:ख पनि गर्न पाइदैन । सिमांकनको विरोधमा वैद्य माओवादी, जनजाति र मधेश केन्द्रित दलहरूले आह्वान गरेको बन्दले दुई दिन देखि देशभरको जनजीवन प्रभावित भएको छ ।

मीना चन्द ठकुरीले भनिन् ‘हामी बन्दको बिरोध नै गर्छौ ।’ उनले यात्रुहरूले पाउने दुःखलाई कम गर्न पनि टेम्पो चलाउने गरेको बताइन । उनले भनिन् ‘काठमाडौंको ठाउ मान्छेहरू टाढा टाढाबाट आइरहेका हुन्छन्, यस्तो चर्को घाम, कोही बिरामी हुन्छन्, कसैलाई आफन्त भेट्नुपर्ने हुन्छ, उहाँहरूको सुविधा र हामीलाई पनि छाक टार्न २ पैसा आओस भनेर जोखिम मोलेरै भएपनि चलाउने गरेको उनले बताइन् ।

प्रकाशित मिति २०७२ साउन ३२ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: