बहुराष्ट्रिय कम्पनीसँग प्रतिष्पर्धा गर्दै महिला


प्रकाशित मिति :2015-08-17 13:06:27

महिला खबर 

नेपालगन्ज,साउन ३२ । निम्न पूँजीमा महिलाद्वारा सञ्चालित व्यवसाय बहुराष्ट्रिय कम्पनीसँग प्रतिष्पर्धाले फस्टाउन सकेका छैनन् ।
विभिन्न सरकारी तथा गैरसरकारी संघ, संस्थाले सञ्चालन गरेका तालिममा सहभागि भएका महिलाले व्यवसायीक रुपमा सञ्चालन गरेका अगरवत्ती, मैनवत्ती, सावुन, दालमोठ, चाउमिन, आलुचिप्स, सिलाईबुनाई जस्ता व्यवसायबाट उत्पादित वस्तुले बजारमा बहुराष्ट्रिय कम्पनीबाट उत्पादित वस्तुसँग प्रतिष्पर्धा गर्नु परेको छ ।

सामान्य पूँजीमा ठूलो मेहनतपछि बजारमा आएका महिलाद्वारा उत्पादित वस्तुले बजारीकरण र उचित मूल्य पाउन सकेका छैनन् । बहुराष्ट्रिय कम्पनीले ठूलोमात्रामा उत्पादन गर्दा लागत कम हुने भएकाले बजारमा सस्तो दरमा उपलब्ध गराउँदा महिलाद्वारा उत्पादित वस्तुले प्रतिष्पर्धा गर्न गाह्रो भईरहेको छ ।

जसोतसो वस्तु उत्पादन गरे पनि बजारीकरणको अभावमा लगानी उठाउन समेत महिलालाई मुस्किल हुने गरेको छ । ‘महिलाले मेहनतका साथ उत्पादन गरेको वस्तु राम्रो हुन्छ , तर बजारमा त्यो भन्दा सस्तो दरमा बहुराष्ट्रिय कम्पनीका उत्पादन आउने हुँदा समस्या हुने गरेको छ ।’–नेपालगन्ज उद्योग वाणिज्य संघकी उपमहासचिव रचना श्रेष्ठले भन्नुभयो –‘महिलाद्वारा सञ्चालित उद्योगलाई राज्यले प्रोत्साहन गर्नुपर्छ, बजार व्यवस्थापन गर्न जरुरी छ ।’

महिलालाई बैंकबाट व्यवसायलाई आधार मानेर ऋण दिने व्यवस्था हुनुपर्ने उहाँको माग छ । नेपालगन्जमा करिव १० वर्षदेखि चाउमिन र ससको उद्योग सञ्चालन गर्दै आउनु भएका विन्दु चर्तीमगरले ठूला उद्योगसँग प्रतिष्पर्धा गर्न कठिनाई भईरहेको बताउनु हुन्छ । ‘हामीले बजारमा बेच्ने दर भन्दा ठूला उद्योगले सस्तो दरमा उपलब्ध गराउने भएकोले समस्या भएको छ ।’ चर्तीमगरले भन्नुभयो–‘ठूला उद्योगसँग प्रतिष्पर्धा गर्न स्रोत र साधनको अभाव छ ।’

नेपालगन्ज उद्योग वाणिज्य संघमा महिलाका नाममा करिव ५ सय फर्म दर्ता भएको संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । संघमा आवद्ध नभएका अरु २ सय जति महिला उद्यमी भएको श्रेष्ठको अनुमान छ । नेपालगन्जमा महिलाद्वारा सञ्चालित उद्योगवाट उत्पादित पानी ।

प्रकाशित मिति २०७२ साउन ३२ गते साेमवार 

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: