खतरासंग खेल्दै खड्का (फोटो फीचर)


प्रकाशित मिति :2015-08-17 16:36:19

अरुणा रायमाझी

काठमाडौं, साउन ३२ । बीबीए अध्ययनरत ललितपुर इमाडोलकी सुलक्क्षणा खड्का साधारण परिवारकी छोरी हुन् । १८ वर्षमै राष्ट्रिय खेलाडी बन्न सफल खड्का पैसा भन्दा नामको लागि खेल्ने बताउँछिन् ।

उनीको खेलको नाम ‘स्टन्ट’ हो । खेल मैदानमा स्कुटर लिएर सुलक्क्ष्णा जब उत्रिन्छन्, हेर्नेहरुको मुटुको धड्कन बढ्न थाल्छ । खड्का भन्छिन्, ‘केटीले बाइक चलाएको देखेपछि लाइन लागेर हेर्नेहरु धेरै हुन्छन् । अझ हात छोडेर र खुट्टै नटेकेर चलाउँदा उनीहरुको आवाज मात्र होइन, दिमागले पनि कामगर्न छोड्छ ।’
यति सम्मकि उनका बुबा आमाले अहिलेसम्म डरले उनको स्टन्ट खेल हेरेका छैनन् । हुनपनि स्टन्ट गर्दा तालमेल नमिले ज्यान समेत जाने खतरा हुन्छ । यस्तो जोखिम खेल देखाउने सुलक्क्षणाले भनिन् ‘नेपालमा स्टन्ट गर्ने ठाँउनै छैन । मैले त रोडको छेउमा सिकेको हो ।’
नेपालमा १४ जना स्टन्ट गर्ने राष्ट्रिय खेलाडी महिला छन् । तर, आर्थिक अभावका कारण अहिले धेरैले अर्कै क्षेत्रमा लागेको सुलक्क्षणाले बताइन् । कुनै ठाउँमा स्टन्टको लागि जानुप(यो भने सबैखर्च आफै बेर्होनु पर्ने बाध्यता छ ।

स्टन्ट गर्दा, स्कुटर तथा बाइक विग्रने सम्भावना हुन्छ, त्यसको मर्मत गर्नेखर्च समेत आफैले जुटाउनु पर्ने विडम्बना यो क्षेत्रका खेलाडीले भोगिरहेका छन् ।

सुलक्क्षणा महिलामा आत्मविश्वास बढाउनका लागि युवाहरुको नयाँ समुह तयार गर्ने सोचाइमा छन् । भन्छिन् ‘खेल महंगो हुन्छ, स्टन्ट गर्न खोज्ने महिलासँग स्कुटर वा बाइक नै हुँदैन ।’

स्टन्ट गरेपछि दर्शकहरुले ओ‍‍ ‍….हो ,‘साहसी केटी’ भनेको सुन्दा सबैभन्दा आन्नद आउँछ उनलाई । उनले भनिन्, ‘केटीहरु केहि गर्न सक्दैनन् भन्नेहरुको मुखबाट साहसी भन्ने शब्द सुन्न पाउँदा कति आनन्द आउँछ, सोच्नुस त ? ’

U-3

bike-2 (1)

bike-3-4

bike-5

bike-61

    Comment Here!

Related NEWS
मुख्य खबर

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: