आन्दोलनमा बालबालिकाको प्रयोग कानुन विपरीतः आयोग


प्रकाशित मिति :2015-08-17 16:33:26

महिला खबर

ललितपुर, साउन ३२ । राष्ट्रिय मानव अधिकार आयोगले सङ्घीय प्रदेशको सीमाङ्कनको विषयलाई लिएर जुम्लालगायत विभिन्न जिल्लामा भएको बन्द, हडतालमा बालबालिकाको प्रयोग गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगका कायम मुकायम सचिव वेदप्रसाद भट्टराईले विज्ञप्ति जारी गरी शनिबार कर्णाली स्वायत्त प्रदेशको माग राख्दै जुम्लामा साना बालबालिकालाई अर्धनग्न अवस्थामा सडकमा उतारेर बन्द, हडतालमा सहभागी बनाउनु बालअधिकार र कानुन विपरीत भएको जनाएको हो ।

child used

धर्ना, विरोध प्रदर्शन, सभालगायतमा बालबालिकाको प्रयोग गर्न नपाइने भनिए पनि बालबालिकाको प्रयोग पछिल्लो समय बढ्दै गएको पाइएको र अर्धनग्न अवस्थामा शरीरभरि विभिन्न नारा लेखेर बालबालिकालाई सडकमा उतार्नु बालअधिकार विपरीत भएकाले त्यस्तो कार्य नगराउन बन्दकर्तालाई आयोगले आग्रह गरेको छ ।

आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने उद्देश्यका साथ अवोध बालबालिकाको प्रयोग हुनु अत्यन्त दुःखद् भएको र बालबालिकाको प्रयोग यस ढङ्गबाट नगर्न तथा विद्यालयमा पठनपाठनको वातावरण बनाउन आयोगले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बालबालिका शान्ति क्षेत्र हुन भन्ने विषयलाई दृष्टिगत नगरी बालबालिकालाई जथाभावी प्रयोग गर्नु निन्दनीय कार्य हो, जुनसुकै बहानामा जो कोहीले गर्ने बन्द, हडताल जस्ता कार्यक्रममा बालबालिकाको प्रयोग गर्नेमाथि आवश्यक कारबाही गर्न आयोग सरकारको ध्यानाकर्षण गराउँदछ।

प्रकाशित मितिः २०७२ साउन ३२ गते साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: