सुरक्षित सुत्केरी हुने क्रम बढ्दै


प्रकाशित मिति :2015-08-18 11:06:51

महिला खबर
बागलुङ, भदौ १। जिल्ला स्वास्थ्य कार्यालयले बागलुङले जिल्लामा स्वास्थ्य संस्थामा हुने सुरक्षित प्रसूतिको दरलाई बढाउन बिशेष कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । सन् २०१५ भित्र स्वास्थ्य संस्थामा हुने सुरक्षित प्रसूतिको दर ६० प्रतिशतमा पुर्‍याउने लक्ष्य पुरा गर्न जन चेतना र पुर्वाधार विकासमा जोड दिइएको कार्यालयले जनाएको छ । हाल बागलुङमा स्वास्थ्य संस्थामा हुने सुरक्षित सुत्केरी हुन दर ४८ प्रतिशत रहेकाे छ।

कार्यालयका अनुसार पाँच वर्षअघि सुरक्षित मातृत्व कार्यक्रम सुरु हुँदा स्वास्थ्य संस्थामा हुने प्रसूतिको दर २४ प्रतिशत मात्र थियो । जन चेतना र सरकारले सुरक्षित मातृत्वका लागि चलाएको अभियानले स्वास्थ्य संस्थामा प्रसूति हुने क्रम बढेपछि प्रसव पीडाका कारण हुने मातृ मृत्युदर पनि घटेर शून्यमा आएको वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले जानकारी दिनुभयो।

“आउँदो डिसेम्बरसम्म स्वास्थ्य संस्थामा हुने प्रसूतिलाई ६० प्रतिशतमा पुर्‍याउने लक्ष्य छ” श्रेष्ठले भन्नुभयो “अहिले जिल्लाभर ३५ स्वास्थ्य संस्थामा प्रसूति केन्द्र सञ्चालित छन्, यसलाई पनि बर्सेनि बढाउँदै लगेका छौँ ।” जिल्ला स्वास्थ्य कार्यालयले केही वर्षभित्र जिल्लाका सबै स्वास्थ्य संस्थामा प्रसूति केन्द्र सञ्चालन गर्ने योजना बनाएको उहाँले बताउनुभयो।

“पछिल्लो दुई वर्ष प्रसूतिका बेला हुने मृत्यु शून्यमा झरेको छ, यसलाई कायम राख्नुपर्ने चुनौती हामीमाझ छ” प्रशासक श्रेष्ठले भन्नुभयो “यसका लागि प्रभावकारी सेवा र पहुँचको विस्तारसँगै जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यक छ ।” अहिले पनि कतिपय महिला नजिकमा प्रसूति केन्द्र नहुँदा घरमै प्रसूति हुन बाध्य छन् ।

स्वास्थ्य संस्थामा प्रसूति हुनेलाई प्रोत्साहन भत्ता, यातायात भत्ता, न्यानो झोला जस्ता सुविधा र उपहार दिन थालेपछि स्वास्थ्य संसथामा सुत्केरी हुन आउने महिलाको संख्या बढेको श्रेष्ठले बताउनुभयो।

प्रकाशित मितिः २०७१ भदाै १ गते मङ्गलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: