महिला सशक्तिकरणका कार्यक्रम थोरै भएः सांसद


प्रकाशित मिति :2015-08-18 11:25:14

महिला खबर
काठमाडौं, भदौ १। व्यवस्थापिका–संसद्को सोमवारको बैठकमा विनियोजन विधेयक २०७२ अन्तर्गत महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयमाथिको छलफल सकिएको छ।

छलफलमा सांसद्हरूले आधा भन्दा धेरै जनसंख्या भएका महिलाको क्षमता र सीप बढाउन बजेट बढाइ यसै अनुरुप कार्यक्रम आउनुपर्नेमा जोड दिए। उनीहरूले प्राथमिकताका आधारमा नभई पहुँचका आधारमा बजेट आउने अवस्था अन्त्य हुनुपर्ने बताएका थिए ।

नेपाल भविष्यका कर्णधार बालकालिकालाई बजेट कम भएको र महिला सशक्तीकरणका कार्यक्रम कम भएको भन्दै यसलाई बढाउन सांसदहरूले सुझाएका थिए।

छलफलमा सांसदहरू सुशीला नेपाल, सरस्वती बजिमय, केशरी घर्तिमगर, आशा यादव, भेषकुमारी रावत भट्टराई, मिठु मल्ल, ज्ञानुदेवी गेह्रेलगायतले भाग लिनुभएको थियो।

प्रकाशित मितिः २०७२ भदाै १ गते मङ्गलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: