पार्टी सभापति लड्न टिम तयार गरेकी छु : नेता कोईराला


प्रकाशित मिति :2015-08-18 15:03:38

महिला खबर

चितवन, भदौ  १ । नेपाली काँग्रेसकी नेता सुजाता कोईरालाले आफूले पार्टी सभापति लड्न सक्ने गरी समूह तयार पारेको दावी गर्नु भएको छ ।

आज चितवनमा सञ्चारकर्मीहरूसँगको छलफलमा उहाँले यस्तो बताउनु भएको हो । उहाँले पार्टीको तेह्रौं महाधिवेशनमा जुनसुकै उमेद्वारमा समेत आफू  लड्न सक्ने बताउनुभयो ।

महाधिवेशनमा पदाधिकारी संख्या बृद्धि गर्नुपर्नेमा उहाँको जोड थियो । यसले मात्रै नेतृत्वको विकास हुने उहाँको तर्क थियो ।

अर्काे प्रसंगमा नेता कोईरालाले पाँच विकास क्षेत्रलाईनै संघिय प्रदेशको रुमपा घोषणा गर्नु उपयुक्त हुने बताउनुभयो । संघियतामा देखिएको विवाद पाँच विकास क्षेत्रले मात्रै समाधान गर्ने उहाँको भनाईछ ।

‘यो अवधारणा अनुसार अघि बढे मधेस, तराई र हिमाल सबै एक हुन्छ’ उहाँले भन्नुभयो । गिरिजाबाबुको योजना पनि पाँच विकास क्षेत्रलार्ई नै प्रदेश बनाउने थियो भन्दै कोईरालाले अबको संविधान कसैले चाहे जस्तो नहुने जिकिर गर्नुभयो ।

संविधान नबनाउन विभिन्न क्षेत्रबाट षड्यन्त्र भैरहेको उल्लेख गर्दै नेता कोईरालाले धर्म निरपेक्षता भन्दा धार्मिक स्वतन्त्रता नै उपयुक्त हुने बताउनुभयो ।

प्रकाशित मितिः २०७२ भदौ १ मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: