महिला खबर
पोखरा, भदौ २। राइजिङ क्रिकेट फर उमन क्लव, काठमाण्ठौ र माछापुच्छ्रे क्रिकेट क्लव, पोखराको संयुक्त आयोजनामा आजदेखि पोखरामा महिला क्रिकेट लिग प्रतियोगिता सुरु हँदैछ।
नदिपुरस्थित नगर विकास प्रशिक्षण खेल मैदानमा हुने उक्त प्रतियोगिता राउण्ड रोविनको आधारमा खेलाइने पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगितामा आयोजक आरसिडब्लु, एमएमसी र अरण्यज्योती क्रिकेट क्लवले भाग लिनेछन्।
आरसिडब्लुको टिम क्षेत्र नम्बर ३ काठमाडौंको कप्तान समेत रहेकी अस्मिना कर्माचार्यको कप्तानीमा, एमएमसी नेपाली राष्ट्रिय महिला टिमका उप–कप्तान ममता थापाको कप्तानीमा तथा अरण्यज्योती सरु राजभण्डारीको कप्तानीमा ठोली मैदान उत्रने छन्।
नेपाली राष्ट्रिय महिला टिमका कप्तान रुबिना क्षेत्रीको कप्तानीमा रहेको लर्ड बुद्ध एकेडेमीले पनि प्रतियोगितामा भाग लिने जनाएको थियो। तर पूर्वका जिल्ला बन्द रहेकाले उक्त टिम पोखरा आउन नसकेको आरसिडब्लुका अध्यक्ष आरती बिंडारीले बताउनुभयो।
प्रतियोगितामा च्याम्पियन हुने टिमले नगद २० हजार रुपैयाँसहित शिल्ड, प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ। त्यसैगरी सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट बलर र ब्याट्स्म्यानलाई पनि ट्रफी पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक समेत रहेकी बिडारीले जानकारी दिनुभयो। माछापुच्छ्रे क्रिकेट क्लवले मैदान तथा खेलाडीको आवास र खानाको व्यवस्था गरेको छ। महिलाले पनि पुरुषले जत्तिकै समान अवसर पाउनुपर्छ भनेर यो प्रतियोतिगालाई पोखरामा आयोजना गरिएको एमसीसीका अध्यक्ष दिपेश खत्रीले बताउनुभयो। भदौको १ गतेदेखि प्रतियोगिता शुरु गर्ने भनिएतापनि दुई दिने नेपाल बन्दका कारण प्रतियोतिगा सार्न परेको उहाँले बताउनुभयो।
प्रकाशित मितिः २०७२ भदाै २ गते बुधवार
Comment Here!