महिला खबर
पोखरा, भदौ २ । महिलालाई आत्मनिर्भर बनाउन रेडियो जननीले जननी जागरण अभियान २०७२ शुरु गरेको छ। अभियान अन्तर्गत भदौ १ गते टोल विकास संस्था समन्वय समिति वडा नं. १ मा कार्यक्रम सम्पन्न गरेको छ।
महिलाको आर्थिक अधिकारलाई जोड दिँदै, आत्मनिर्भर उन्मुख बनाउन जननीले उद्यमशीलता सम्बन्धी उत्प्रेरणामूलक तालिम शुरु गरेको जननी जागरण अभियानका संयोजक नरमाया रसाइलीले बताउनुभयो। ‘आत्मनिर्भर किन हुने भन्ने विषयमा उत्प्रेरणामूलक तालिम दिएर उद्यमशीतातर्फ उन्मुख गराउने लक्ष्य अभियानको रहेको छ’ रसाइली भन्नुभयो।
रेडियो जननीका अध्यक्ष हिरा भट्टराइले सीपमूलक तालिम र यसको महत्वलाई जोड दिन रेडियोले अभियान थालेको बताउनुभयो। उहाँले नगरका २८ वटै वडामा यो जागरण अभियान लैजाने र लगत्तै उनीहरूको मागलाई ध्यान दिएर सीपमुलक तालिमको आयोजना गर्ने जानकारी दिनुभयो।
टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष चन्द्र बहादुर गुरुङ्गले उत्प्रेरणामूलक तालिमले महिलालाई आर्थिक अधिकार प्राप्तीमा अगाडि बढ्न प्रेरणा मिल्ने बताउनुभयो।
प्रकाशित मितिः २०७२ भदाै २ गते बुधवार
Comment Here!