महिला खबर
स्याङ्गजा, भदौ ३ । बाल यौन दुर्व्यवहारको आरोपमा स्याङ्गजा कुवाकोटस्थित जाल्प प्राथमिक विद्यालयका प्रधानाध्यापक चण्डी प्रसाद गैरेलाई प्रहरीले पक्राउ गरेको छ ।
गैरेले सोही विद्यालयमा अध्ययनरत कक्षा ३ र ४ का १० बर्ष मुनिका बालिकालाई यौन उत्तेजक गतिविधिमा संलग्न गराउने गरेको प्रहरीको अनुसन्धानमा खुलेको जनाइएको छ ।
पीडित बालिकाको बयानका आधारमा गैरे यौन गतिविधिमा बालिकालाई प्रयोग गर्दै आएको खुलेपछि आफन्तले प्रहरीमा उजुरी गरेका हुन् । जिल्ला प्रहरी कार्यालय स्याङ्गजाका प्रमुख राजकुमार बैदवारले घटना गम्भीर प्रकृतिको भएको हुँदा आरोपी शिक्षक गैरेको पृष्ठभुमि, विगतको आचरणबारे अनुसन्धान जारी रहेको बताउनुभयो ।
आरोपी गैरेविरुद्ध सोमबार जबर्जस्ती करणी उद्योगमा किटानी जाहेरी दर्ता गरिएको छ । अभियोग ठहरिएमा मुलुकी ऐनको दफा ३ को १ बमोजिम १० वर्ष देखि १५ वर्ष कैद सजाय हुने व्यवस्था रहेको छ ।
प्रकाशित मिति : २०७२ भदौ ३ गते विहिवार
Comment Here!