महिला खबर
झापा, भदौ ३। साना हातहरू नेपाल नामक संस्था भद्रपुर शाखाले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ६५ जना महिलाको उद्धार गरेको छ ।
झापाको ज्यामिरगढी, महेशपुर, पृथ्वीनगरलगायतका नाकाबाट भारतमा बेच्न लैजाँदै गरेको अवस्था ती महिलाको उद्धार गरेको संस्थाले जनाएको छ ।
संस्थाले गत आर्थिक वर्ष महिला बेच्ने १२ जना दलाललाई पक्राउ गरी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको जनाएको छ ।
हाल पाँचजना पीडित महिलालाई कार्यालयमै संरक्षण दिएको संस्थाका अध्यक्ष जगत वाग्लेले बताउनुभयो । उहाँले गत आर्थिक वर्षमा मानव बेचबिखनमा ११ जना, बलात्कारमा परेका दुई जना र अस्पतालबाट एक जना गरी जम्मा १४ जना बालबालिकाको समेत उद्धार गरेको बताउनुभयो ।
इलाम तथा झापाका ग्रामीण क्षेत्रका गरिबी र अशिक्षाको चपेटामा परेका महिलालाई वैदेशिक रोजगारीमा पठाइदिने तथा भारतका विभिन्न स्थानमा राम्रो जागिर लगाइदिने बहाना बनाएर दलालले र्नीहरूलाई फकाई बिभिन्न देशमा बेच्ने गरेका छन् ।
संस्थाले स्थापनादेखि हालसम्म एक हजार २५३ जनाको उद्धार गरी आफन्तको जिम्मा लगाइसकेको जनाएको छ ।
प्रकाशित मितिः २०७२ भदै ३ गते बिहीवार
Comment Here!