आकस्मिक प्रसूती सेवा बन्द हुँदा गर्भवतीलाई सास्ती


प्रकाशित मिति :2015-08-21 13:21:58

रमला सिंगक

सुनसरी, भदौ ४ । संखुवासभाको सदरमुकाम खाँदवारीमा आधुनिक उपकरण सहितको प्रसूती गृह हुँदाहुँदै पनि गर्भवती महिला अन्यत्र जान बाध्य भएका छन् । गत साउन १ गतेदेखि खाँदवारीको २४ घण्टे आकस्मिक प्रसूती गृहमा चिकित्सक बस्न छाडेपछि बन्द भएकाले गर्भवती महिला समस्यामा परेका छन् ।

सरकारले तीन वर्ष अघिदेखि जिल्लाका गर्भवती महिलालाई प्रसूती सेवा लिन सदरमुकाम खाँदवारीमा शल्यक्रिया सहितको आकस्मिक प्रसूती सेवा संचालनमा ल्याएको थियो । प्रसूती सेवाका लागि राखिएका आधुनिक उपकरण साउन १ गतेदेखि बन्द कोठा थन्क्याइएको छ ।

संखुवासभामा प्रसूती सेवाका लागि तत्कालै स्थायी दरबन्दी कायम गरेर दक्ष चिकित्सक नियुक्ति गर्न नसक्ने भएपछि सरकारले करारमा चिकित्सक नियुक्ती गरेको थियो । करार अवधि सकिएपछि प्रसूती सेवामा कार्यरत डा.सुरेन्द्र शाक्यले छोड्न बाध्य भएकाले सेवा बन्द गरिएको जिल्ला स्वास्थ्य प्रमुख डा. मदनकुमार उपाध्यायले बताउनुभयो ।

प्रसूती सेवा संचालन हुँदा त्यहाँबाट ३ सय आमा र बच्चाको ज्यान बचेको थियो । चालु आर्थिक वर्षमा ८८ जना गर्भवतीले शल्यक्रिया गरेर बच्चा जन्माएका थिए ।
नियमित सञ्चालनमा आएको आकस्मिक प्रसूती सेवा अचानक बन्द हुँदा यसै साता भोजपुरका १२ गाविस, संखुवासभाका २५ गाविस र तीन नगरपालिकाकाका गर्भवती आमाहरू महंगा क्लिनिक, नर्सिङ होममा स्वास्थ्य परिक्षण र सुत्केरीका लागि जान बाध्य भएका छन् ।
गर्भवती आमाका लागि सञ्चालित शल्यक्रिया समेत गरिने प्रसूती गृह बन्द भएपछि गर्भवती महिला र बच्चाको ज्यान जोखिममा परेको स्थानीय बासिन्दा चित्र रेखा अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ सरक्षित सुत्केरी गराउन जिल्लामै सम्पुर्ण उपकरण र भवन हुँदाहुँदै पनि सरकारले दक्ष जनशक्ति उपलव्ध गराउन नसक्नु दु:ख लाग्दो मात्र भएको छैन, गर्भवती महिला र बच्चा प्रति सरकार संवेदनशील छैन भन्ने सहजै बुझ्न सकिन्छ ।’

जिल्लामा शल्यक्रियासहितको प्रसूती सेवा बन्द भएपछि जटिल समस्या भएका शल्यक्रिया नै गर्नुपर्ने अधिकांश गर्भवती महिला सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आउन बाध्य भएका छन् । प्रतिष्ठानको प्रसूती विभागमा शल्यक्रिया गर्दा कम्तिमा १२ हजार रुपैयाँ, औषधी १० हजार रुपैयाँ र एम्बुलेन्स खर्च करिव १० हजार रुपैयाँ र कुरुवालाई खाने बस्ने १५ हजार रुपैयाँ गरी ५० हजार रुपैयाँको हाराहारीमा खर्च व्यहोर्न बाध्य भएका छन् ।

यसैवीच ताप्लेजुङको इखावु बस्ने मन्जिता सांवा लिम्बुको पाठेघरमा गर्भ नबसी दायाँ पट्टीको फेलोपियन ट्यूवमा बसेको गर्भ अचानक फुटेपछि पाँचथरको सदरमुकाम फिदिममा संचालित २४ घण्टे प्रसूती गृहमा शल्यक्रिया गरी ज्यान बचेको छ । मन्जिताका पति विवेक लिम्बुका अनुसार गर्भवती अवस्थामा पेट दुखेर सिकिस्त भएपछि ताप्लेजुङ जिल्ला अस्पताल पु¥याएपनि त्यहाँ उपचार हुन नसकेपछि एम्बुलेन्समा फिदिम पु-याइएको थियो ।

प्रकाशित मिति २०७२ भदौ ४ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: