महिला खबर
म्याग्दी, भदौ ४ । म्याग्दीका महिला बायोग्यास तर्फ आकर्षित भएका छन् । धुवाँरहित, छिटो खाना पकाउन सजिलो हुने हुँदा ग्रामीण क्षेत्रका महिलाको बायोग्यासतर्फ आकर्षण बढेको हो ।
जिल्लाका पश्चिम भेगका अर्मन, विम र ओखरबोट गाविसलगायतका ३ सय ८० घरमा चर्पीजडित बायोग्यास निर्माण भएका छन् ।
सिंगा गाविस ३ सुर्केमेलाकी डम्बरकुमारी रानाको घरमा हिजोआज चर्पीजडित ग्याँसबाट खाना पाक्न थालको छ । रानाजस्तै पश्चिम भेगका करिब ४ सय महिला बायोग्यासँबाट खाना पकाउन थालेका छन् ।
जिल्ला ऊर्जा तथा वातावरण शाखाले दुई हजार ५ सय प्रति प्लान्ट अनुदान दिने भएकाले चर्पीजडित बायोग्यास प्लान्टको माग बढ्दो छ ।
गाउँमा चर्पीजडित बायोग्यासको प्रयोग बढेको छ । ग्यासको निर्माणले खाना पकाउन र बत्ति बाल्न सजिलो भएको गृह व्यवस्थापक टेक कुमारी कँडेलले बताइन । ‘बायो ग्याँसका कारण गाउँमा जथाभावी वन फँडानी गर्न नपाइने भएपछि दाउरा तथा इन्धनको विकल्प समेत बनेको छ’ उनले भनिन् ।
सुर्केमेला सामुदायिक वनले आफ्ना वन उपभोक्तालाई चर्पीजडित बायोग्यासँ प्लान्ट बनाउन आर्थिक सहयोग समेत गरेको छ । तत्काल रकम खर्च गर्न नसक्नेलाई प्रतिप्लान्ट निर्माण गर्न दुइ हजार रुपैयाँ सापट दिने गरेको स्थानीय तिलक गुरुङले बताए ।
प्रकाशित मिति २०७२ भदौ ४ गते शुक्रवार
Comment Here!