बाेक्सी प्रथाविरुद्धको चलचित्र ‘रक्तभोग’ प्रदर्शन


प्रकाशित मिति :2015-08-21 16:58:27

ज्ञानु पंगेनी

नवलपरासी, भदौ ४ । बोक्सीको आरोपमा निर्मम हत्या गरिएकी चितनवकी ढेगनी देवीको सत्य घटनामा आधारित चलचित्र रक्तभोगको आज कावासोतीमा च्यारीटी शो  गरिएको छ।

कावासोतीको गणपति चलचित्र मन्दिरमा चलचित्रको प्रदर्शन गरिएको हो। बोक्सीविरुद्धको जनचेतनाका लागि मानव अधिकारका लागि एकल महिला समूह कावासोती नगर कमिटीको आयोजनामा चलचित्र ‘रक्तभोग’ प्रदर्शन गरिएको हो।

प्रदर्शनका क्रममा ५ सय वटा टिकट विक्री भएको र एक हजार रुपैयाँसम्मका टिकट दर्शकले स्वतस्फुर्त रुपमा किनेको आयोजकहरूले जानकारी दिए।

अहिलेको वैज्ञानिक युगमा समेत बोक्सी जस्तो अन्धविश्वासले गर्दा महिलाले ज्यान नै गुमाउनु परेकोले त्यसका कारकतत्वलाई जरैबाट उखेलेर फाल्नुपर्ने सन्देश चलचित्रले दिएको दर्शकको प्रतिकृया थियो।

ढेगनीदेवी एकल महिला थिइन्। समाजमा धेरैजसो एकल महिलालाई नै बोक्सीको आरोप लगाईने भन्दै त्यसविरुद्ध जनचेताना जगाउने उद्देश्यले एकल महिलाकै नेतृत्वमा रक्तभोगको प्रदर्शन गरिएको चलचित्र निर्माता रामचन्द्र लम्सालले बताउनुभयो।

उहाँले नेपाली समाजमा अझै पनि बोक्सी जस्तो कुप्रथा कायमै रहेको र अब ढेगनीदेवीमाथिको जस्तो हिंसा अन्य एकल महिलाले भोग्न नपरोस भनेर जनचेतना जगाउन चलचित्र निर्माण गरेकोे बताउनुभयो।

करिब ३० लाख रुपैयाँको लगानीमा निर्माण गरिएको बोक्सी प्रथाविरुद्धको चलचित्र रक्तभोगको प्रदर्शनबाट उठेको ५० प्रतिशत रकम एकल महिलाहरूको समूहलाई सहयोग गर्ने निर्माता लम्सालले बताउनुभयो। बोक्सी प्रथामा केन्द्रित रही सत्य घटनामा आधारित रक्तभोग चलचित्रले बोक्सी प्रथालाई समाजको कलंकको रुपमा प्रस्तुत गर्दै उक्त घटनामा ढेगनीदेवीको हत्यारालाई जन्मकैदकाे सजायमा जेल हालेको दृष्य राखिएको छ। चलचित्र एक घण्टा लामो छ।

प्रकाशित मितिः २०७२ भदाै ४ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: