सञ्जालले फैलाउँदै जाल


प्रकाशित मिति :2015-08-23 11:57:08

नेपालगन्ज, भदौ ६ । अन्तर पार्टी महिला सञ्जाल बाँकेले क्षेत्रीय कमिटी विस्तारका क्रममा सयजना भन्दा बढी महिलालाई संगठित गरेको छ । राजनीतिमा महिला सहभागिता बढाउन अन्तर पार्टी महिला सञ्जाल बाँकेले जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा सञ्जालको क्षेत्रीय कमिटी गठन गरेको हो ।

विभिन्न पार्टीमा आवद्ध महिलालाई एउटै थलोमा संगठितगर्दै उनीहरूको हक, अधिकारको बारेमा वकालत गर्ने उद्धेश्यले महिलालाई संगठित गरिएको सञ्जालकी जिल्ला अध्यक्ष नारायणी रुपाखेतीले जानकारी दिनुभयो ।

राजनीतिक दलका आ–आफ्नै महिला संगठन भए पनि सबै दल आवद्ध महिलाको सहभागितामा साझा सञ्जाल विस्तार गरिएको उहाँले बताउनु भयो । विभिन्न क्षेत्र र गाउँमा हुने महिला अधिकार र महिला हिंसाका घटनाप्रति सञ्जालले चासो देखाउन थालेको
छ ।

महिलाका हक अधिकार र महिलाको नाममा आउँने लक्षित वजेट कार्यान्वयनको लागि समेत सञ्जालको क्षेत्रीय कमिटीले आवाज उठाउने अन्तर पार्टी महिला सञ्जाल बाँकेका सचिव विजया धितालले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७२ भदौ ६ गते आइतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: