महिला खबर
सुनसरी, भदौ ६ । कवाडी किन्ने बहानामा नियमति घुम्ने एक भारतीय नागरिकले धरानकी सात वर्षीया बालिका बलात्कार गर्ने प्रयास गरे पछि पक्राउ परेका छन् । बालिका बलात्कारको आरोपमा पक्राउ पर्ने भारतीय नागरिक कोलकाताको खुशीदवार घर भई हाल धरान बाझोगराको शान्तिपथमा बस्दै आएका ४२ बर्षीय फटिक शेख रहेको प्रहरीले जनाएको छ ।
आरोपी शेख शनिवार दिउँसो साढे तीनबजे खाली बोत्तल, कागज पत्रिका र प्लाष्टिक संकलन गर्न बालिकाको घरमा पुगेका थिए । घरमा अरु कोही नभएको मौका पारी शेखले बालिकालाई गुलियो मिठाई किनेर खान भनि पाँच रुपैँया दिँदै फकाएर एकान्तमा बलात्कार गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्याल धरानका प्रहरी नायव उपरिक्षक सुदमकुमार सिजापतिले भन्नुभयो–‘शेखले बालिकालाई फकाएर बलात्कार प्रयास गरिरहेको बेला बालिकाका आफन्तले देखेपछि पक्राउ गरिएको हो ।’ पक्राउ परेका शेखले आफु धरानमा लामो समयदेखि परिवारसहित बस्दै कवाडी खोजेर जिविका चलाउँदै आएको बताए । तर बलात्कार प्रयास आरोप मात्र भएको बताए । शेखले बालिकालाई पैसा नदिएको बताए । उनले भने, ‘मेरो गोजीबाट पाँच रुपैयाँ चोरी गरेको हो ।’
नियमित कवाडी संकलन गर्न जाँदा सामान्य चिने जानेको आधारमा शेखले बालिकालाई पााच रुपैयाँ दिएर फकाउँदै बलात्कार गर्न खोज्दा बालिकाका आफन्तले देखेपछि उनी पक्राउ परेका हुन् । पिडित बालिकाले शेखले आफुलाई पाँच रुपैयाँको नोट दिएर लुगा फुकालिदिएको बताइन् । बालिकाले शेखले ‘नराम्रो काम’ गर्न लगाएको बयान दिएकी छिन । बालिका बलात्कार प्रयास गरेको आरोप पुष्टि भएमा शेख सात बर्षका लागि जेल जाने छन् ।
प्रहरी नायव उपरिक्षक सुदमकुमार सिजापतिले भन्नु भयो, ‘बलात्कार प्रयास गरेपनि अभियुक्तले तत्कालै स्वीकार्दैन । आफु बच्नका लागि सक्दो ढाट्ने प्रयास गर्छ । तर सात वर्षको बालिकालाई शेखमाथि बलात्कार प्रयासको आरोप लगाउनु के कारण हुन सक्छ ? बालिकाले सवैकुरा स्पस्ट भनिसकेकी छिन् । उसको कुरा त पत्याउनु प-यो नि ।’ प्रहरीका अनुसार शेख र बालिकाको स्वास्थ्य परिक्षण बि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भैसकेको छ । त्यहाँ पनि प्रारम्भिक रिपोर्टमा बलात्कार प्रयास भएको देखिएको छ ।
प्रकाशित मिति २०७२ भदाै ६ गते अाइतवार
सात बर्षीया बालिका बलात्कार प्रयास गर्ने भारतीय नागरक फटिक शेख ।
Comment Here!