लुटेराको निशानामा महिला


प्रकाशित मिति :2015-08-23 13:43:58

ज्ञानु पंगेनी

नवलपरासी , भदौं ६ । नवलपरासीमा पछिल्लो एक महिनामा श्रृङखलाबद्ध रुपमा भैरहेका लुटपाटको घटनामा महिला निशानामा परेका छन् ।कवासोतीमा एक महिनाको अवधिमा तिन वटा लुटपाटका घटना भएका छन् र ती घटना एउटै प्रकृतिका भएकोे ईलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक पर्शुराम तिवारीले बताउनुभयो ।

लुटेराको गिरोहले योजनाबद्ध रुपमा महिलालाई नै निशाना बनाएर लुटपाट गर्ने गरेको अनुसन्धानले देखाएको तिवारीले बताउनुभयो ।
गत बिहीवार राती कावासोती २ डम्बर वहादुरचोकमा डेरा गरि बस्ने दुई महिलालाई लुटेराले निर्घात कुटपिट गरि सुनका गहना र पैसा लुटपाट गरेका थिए ।

यसअघि कावासोतीमै भएको २ वटा लुटपाटका घटनामा पनि महिलालाई नै कुटपिट गरी घाईते बनाएर गरगहना लुटपाट गरिएको थियो ।
प्रहरीका अनुसार घटना १० दिनको फरकमा भएको र लुटेराले सबै महिलालाई कन्चटमा प्रहार गरी बेहोस् बनाउने र लुटपाट गर्ने गरेका छन् ।

यस कार्यमा कुनै गिरोहनै सक्रिय भएको भन्दै प्रहरी नायव उपरिक्षक तिवारीले महिलालाई सचेत रहन आग्रह समेत गर्नुभएको छ ।
महिलाले बाहिर हिँड्दा धेरै तडक भडक खालका गरगहना नलगाउँन र घरमा पनि होसियारी अपनाउँन उहाँले आग्रह गर्नुभयो ।

प्रकाशित मिति २०७२ भदौ ६ गते आइतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: