सराेगेसीविरुद्ध सर्वाेच्चमा रिट


प्रकाशित मिति :2015-08-24 10:59:33

महिला खबर

काठमाडौं, भदौ  ७। अवैध रुपमा कोख भाडामा लिई बच्चा जन्माउने (सरोगेसी) प्रचलन बढेकाले त्यसलाई रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ ।

अधिवक्ता पुष्पराज पाण्डेयले दायर गर्नुभएको रिट निवेदनमा सरोगेसी सेवा सम्बन्धमा नेपालमा कुनै कानुनी व्यवस्था नभएकाले प्रजनन् सेवाको नाममा अवैध कृतिम रुपमा बच्चा उत्पादन गरी उद्योग सञ्चालन गरेजस्तो मानव बेचविखन गर्न अस्पतालले नपाउने उल्लेख गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, ग्रान्डी सिटी क्लिनिक एण्ड डाइगोस्टिक सेन्टर, ओम अस्पताल, भेनस अस्पताललगायतलाई विपक्षी बनाई दायर गरिएको रिटमा विदेशी दलालले ग्राहकसँग कोख खोजिदिएबापत र एक करोड रुपैयाँ लिने र अस्पतालहरूले ४० लाख रुपैयाँ लिने गरेको तर कोख दिने आमाले भने तीन/चार लाख रुपैयाँ मात्र पाउने गरेको उल्लेख गरिएको छ ।

“कुनै पनि महिलालाई उसको गरिबी, अज्ञानता, कामको अभाव, निम्न सामाजिकस्तर, खुला सिमानाको नाजायज फाइदा उठाई पैसाको प्रलोभनमा कोख बेच्न बाध्य पार्नु र त्यस्ता सेवाको समन्वय तथा संयोजन नेपाल सरकारले गर्नु गैरजिम्मेवारीको पराकाष्ठा हो”–रिट निवेदनमा भनिएको छ ।

रिट निवेदनमा बाँझो कोख भएका नेपाली दम्पतीको आवश्यकता परिपूर्ति गर्न मन्त्रिपरिषद्को नीतिगत निर्णयको आधारमा अवैध सेवा सञ्चालन गर्ने गराउने गरी स्वास्थ्य मन्त्रालयबाट भएको निर्णयले नेपाललाई अवैध रुपमा बालबालिका बेचबिखन, खरिद/बिक्री र उत्पादन गर्ने थलो बनाउने खेल भएको उल्लेख छ ।

सरोगेसी सेवा सञ्चालन गर्न नीतिगत सहमति दिने मन्त्रिपरिषद्को निर्णय खारेज गर्न, सो सेवालाई प्रभावकारी बनाउने कानुन बनाउनलगायत आदेश जारी गर्न रिट निवेदनमा माग गरिएको छ ।

प्रकाशित मितिः २०७२ भदाै ७ गते साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: