महिला खवर
पाँचथर, भदौ ७ । पाँचथर सदरमुकाम फिदिममा श्रीमान श्रीमती बीच विवाद हुँदा श्रीमतीमाथि खुकुरी प्रहार गरी श्रीमान फरार भएका छन् ।
श्रीमान प्रेमकुमार राईको खुकुरी प्रहारबाट २६ वर्षीया श्रीमती रेश्मा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक रविराज थपालियाले जानकारी दिनुभयो ।
घाइते रेश्माको उपचार पाँचथर जिल्ल अस्पतालमा भइरहेको छ । उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
खुकुरी प्रहारपछि फरार रहेका राईको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक थपलियाले जानाकारी दिनुभयो ।
पाँचथरको लुम्फाबुङ घर भई हाल भारतको सिक्किममा राई दम्पती बँस्दै आएका थिए ।
रेश्माको दिदीले सापटी चलाएको ८० हजार रुपैयाँ लिन भन्दै केही समयअघि फिदिम आउँनु भएको थियो । फिदिम–२ को मुस्कान चोकमा पसल गरिरहेकी दिदी कहाँ आएकी रेश्मा नफर्केपछि श्रीमतीलाई लिन प्रेमकुमार पनि केही दिनअघि फिदिम आएको जानकारी प्रहरी दिएको छ ।
रकमकै विषयमा विवाद बढ्दै जाँदा प्रेमकुमारले श्रीमतीलाई खुकुरी प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति २०७२ भदौ ७ गते सोमवार
Comment Here!