महिला खबर
काठमाडौं,भदौ ७। ‘चिफ मिनिस्टर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीप’मा नेपाली खेलाडी काजल श्रेष्ठ र अस्मिता खड्काले स्वर्ण पदक जितेका छन्। मलेसियाको सारावाकस्थित कुचिङमा सम्पन्न दुईदिने प्रतियोगिताको सिनियर महिला ४६ केजीमुनिको सेमिफाइनलमा काजलले ब्रुनाइकी सिटी जावानाह विन्ती मोहम्मद जिनलाई १८–१ तथा फाइनलमा इन्डोनेसियाकी रातु नातास्याललाई १४–१२ ले पराजित गर्दै स्वर्ण जितेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।
त्यस्तै, सोही स्पर्धाको ४९ किलो तौलमुनिको सेमिफाइनलमा अस्मिताले थाइल्यान्डकी पिलाडस्पोर्नीलाई १५–५ तथा फाइनलमा हङकङकी कोङ विङ येनलाई १३–१ ले पछि पार्दै पहिलो स्थान हात पारेकी थिइन्।
सिनियर महिलातर्फ अस्मिता उत्कृष्ट खेलाडीसमेत घोषित भइन्।
प्रकाशित मितिः २०७२ भदाै ७ गते साेमवार
Comment Here!