रमला सिंगक
झापा, भदौ ८ । महिलाको सक्रियतामा झापाको हडिया बुधबारे स्थित दामा खोलामा ७५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएकोछ ।
नवनिर्मित झोलुङ्गे पुल शनिवारदेखि संचालनमा आएको छ । दामाटार झोलुङ्गे पुल उपभोक्ता समितिकी अध्यक्ष यमुना चापागाईंले झोलुङ्गे पुल निर्माण सम्पन्न गर्न महिलालाई जिम्मा दिएपछि तोकिएको समय भन्दा अगावै निर्माण सम्पन्न गरेको बताउनु भयो ।
उहाँले स्थानीय उपभोक्ता महिलाको पहल र सक्रियताबाट निर्माण भएको पुलले वषौंदेखिको स्थानीयको समस्या समाधान भएको भन्दै खुसी व्यक्त गर्नु भयो । उहाँले झोलुङ्गे पुल निर्माणपछि विद्यालय आवत—जावत गर्न बालबालिकालाई प्रत्यक्ष फाईदा पुगेको बताउनु भयो ।
मोटरसाइकल समेत आवतजावत गर्न सक्ने गरी निर्माण गरिएको पुलमा जिल्ला विकास समिति कार्यालय झापा र हडिया बुधबारे गाविसले तीन–तीन लाख रुपैयाँ र जनश्रमदान तथा हेल्भेटासले गरी २८ लाख रुपैयाँ लागत लागेको उपभोक्ता समितिका सचिव गंगा आचार्यले बताउनुभयो ।
प्रकाशित मिति २०७२ भदौ ८ गते मंगलवार
Comment Here!