गाउँमा महिला प्रहरीको माग


प्रकाशित मिति :2015-08-25 11:19:05

महिला खबर

लमजुङ्ग, भाद्र ८ । लमजुङ्गका गाँउ गाँउमा स्थानीयले महिला प्रहरीको माग गरेका छन् । पछिल्लो समय गाउँमा महिला हिंसाका घटना बढ्न थालेपछि स्थानीयले जिल्ला प्रहरी कार्यालयसँग प्रत्येक प्रहरी चौकीमा महिला प्रहरी हुनुपर्ने माग गरेका हुन् ।

कार्यालयले नागरिकको घरदैलोमा प्रहरी कार्यक्रम संचालन गरी गाउँ गाउँमा प्रहरी पुग्न तथा जन गुनासा सुन्न आयोजना गर्दै आएको नागरिक सुनुवाइ कार्यक्रमा सहभागिले प्रहरी चौकीमा कम्तिमा एक जना महिला प्रहरी खटाउनु पर्ने माग गरेका हुन् ।
महिलासँग प्रत्यक्ष जोडिएका कतिपय घटना पुरुष प्रहरीसमक्ष भन्न असहज हुने तथा पुरुष प्रहरीसँग खुलेर बहस हुन् नसक्दा अनुसन्धानमा समेत प्रभाव पर्ने सक्ने कुरालाई ध्यान दिदै स्थानीयले महिला प्रहरी माग गरेका हुन् ।

सुन्दरबजार नगरपालिकाका सामाजिक कार्यकर्ता भूमिनन्द तिमिल्सिनाले समाजमा महिला हिंसाका घटना बढेकाले त्यसको न्यूनिकरणलागि महिला प्रहरीको आवश्यकता रहेको बताउनु भयो । ‘प्रभावकारी न्यायकालागि प्रहरी चौकी महिला मैत्री हुन जरुरी छ ’ तिमिल्सिनाले भन्नुभयो ।

जिल्लामा महिला प्रहरीको दरबन्दी कम भएकाले गाउँगाउँमा महिला प्रहरी खटाउन नसकिएको प्रहरी नायब उपरीक्षक शम्भुप्रसाद ढकालले बताउनुभयो ।
लमजुङ्गमा २३ महिला प्रहरीको दरबन्दी रहे पनि हाल १७ महिला प्रहरी कार्यरत छन् । विकट क्षेत्रमा बच्चासँग, गर्भवती तथा विवाहित महिला प्रहरीचौकीमा पठाउँदा समस्या हुने कारणले महिला प्रहरीको माग हुँदा समेत गाउँमा पठाउन नसकिएको ढकालले बताउनुभयो ।

प्रकाशित मिति २०७२ भदौ ८ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: