बहिनीमाथि धारिलो हतियार प्रहार


बहिनीले प्रेम विवाह गरेको रिसले आक्रमण

प्रकाशित मिति :2015-08-25 14:54:19

महिला खबर

सिरहा, भदौ  ८। सिरहाको लहान नगरपालिका सिंग्राहीका एक युवकले आज बिहान आफ्नै बहिनीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन् ।

गोली लागेर गम्भीर घाइते २३ वर्षीया रेणुकुमारी महतोलाई उपचारका लागि विराटनगर लगिएको छ । रेणुको बिहे गत वर्ष सिरहाको चौहर्वामा भएको थियो । त्यहाँबाट भागेर आफ्नै माइतिघर नजिकै प्रेम विवाह गरेर आएको भन्दै रिसको झोँकमा दाजु उमेशले गोली चलाएर मार्ने प्रयास गरेको स्थानीयको भनाइ छ ।

पहिले रेणुमाथि गोली प्रहार गरेको र त्यसपछि धारिलो हतियारले रेणुको हात र टाउकोमा प्रहार गरेको स्थानीय सन्तोष महतोले बताउनुभयो । गोली चलाउने दाजु उमेश साह फरार भएका छन् ।

यता इलाका प्रहरी कार्यालय लहानका प्रमुख तथा प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले रेणुमाथि गोली प्रहार नभई धारिलो हतियारमात्र प्रहार गरेर गम्भीर घाइते बनाएको बताउनुभएको छ । उहाँले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

प्रकाशित मितिः २०७२ भदाै ८ गते मङ्गलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: