युग सुहाउँदो शिक्षाका लागि काम गर्छुः उपकुलपति भुषण श्रेष्ठ


महिलाको शिक्षाप्रति लगाव बढाउन विशेष व्यवस्था गर्न पहल गर्नेछु

प्रकाशित मिति :2015-08-25 16:41:16

कविता श्रेष्ठ

काठमाडौ, भदौ ८ । नेपालको इतिहासमा पहिलो महिला उपकुलपतिको रुपमा सुदूरपश्चिम विश्वविद्यालयमा प्राध्यापक भूषण श्रेष्ठ नियुक्त हुनुभएको छ । सरकारले पहिलो पटक सुदूरपश्चिम विश्वविद्यालयमा महिला उपकूलपति नियुक्त गरेको हो । प्रधानमन्त्री सुशील कोइरालाले शिक्षामन्त्री तथा उपकुलपति सिफारिस समितिका अध्यक्ष चित्रलेखा यादवको सिफारिसमा श्रेष्ठलाई नियुक्त गर्नुभएको हो ।

३२ वर्षदेखि त्रिभुवन विश्वविद्यालयमा इतिहास विषय प्राध्यापन गराउँदै आउनुभएकी  श्रेष्ठले महिलाखबर डट कमसँग कुराकानी गर्दै आप्mनो कार्यकालमा सुदूरपश्चिम विश्वविद्यालयको शैक्षिक विकासमा निरन्तर अघि बढ्ने बताउनुभयो । उहाँले प्राविधिक र व्यवसायिक शिक्षामा जोड दिँदै युग सुहाउँदो विश्वविद्यालय बनाएर यहि अनुसारको शिक्षाका लागि आफूले काम गर्ने  बताउनुभयो । उहाँले यसअघि उपकुलपतिले गरेका कामलाई निरन्तरता दिँदै विश्वविद्यालयको अवस्था बारे पूर्ण रुपमा बुझेर नयाँ कार्य योजना बनाउनेमा जोड दिनुभयो ।

आपmनो योजनाबारे जानकारी गराउदै नवनियुक्त उपकुलपति श्रेष्ठले महिलालाई उच्च प्राथमिकतामा राखेर शिक्षाप्रतिको लगाव बढाउन महिलाको चाहना अनुरुप विशेष व्यवस्था बनाउन हमेसा अग्रसर हुने बताउनुभयो । ‘परिवर्तनका लागि अपरिहार्य पाटो शिक्षा हो, सुदूरपश्चिमको साँच्चिकै विकास गर्ने हो भने शिक्षामा जोड दिन जरुरी छ,’ उहाँले भन्नुभयो । उहाँले समयमै परीक्षा लिने र परीक्षाफल प्रकाशित गर्ने व्यवस्था गर्दै विश्वविद्यालयको सम्पतिलाई सही व्यवस्थापन गर्ने जानकारी दिनुभयो ।

उहाँ २०६१ देखि २०६४ सालसम्म शिक्षाशास्त्र केन्द्रीय विभागको प्रमुखको रुपमा कार्यरत हुनुहन्थ्यो । त्रिभुवन विश्वविद्यालयको पाठ्य सामाग्री विकास, मुल्याङकन  र परीक्षा नियन्त्रणमा उहाँले मह्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ । उहाँ त्रिभुवन विश्वविद्यालय सिनेट सदस्य र शिक्षाशास्त्रको बोर्ड सदस्य पनि हुनुहुन्छ ।

प्रकाशित मिति : २०७२ भदौ ८ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: