दुना टपरीबाट आम्दानी


प्रकाशित मिति :2015-08-26 14:36:13

ज्ञानु पंगेनी

unnamed (7)

नवलपरासी , भदौ ९ ।  कावासोती पिप्रेनीका महिला तथा किशोरीले  फुर्सदको समयमा दुना टपरी गाँसेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।

साँझ विहानको आफ्नो नियमित घरधन्दा सकेपछि यहाँका महिला हातमा सिन्का र सालका पात लिएर बस्छन् अनि दिनभरीको फुर्सदको समय दुना टपरी खुट्छन् ।

पिपे्रनी निवासी पार्वती परियारले दिनमा करीब ५ सय दुना टपरी गाँस्न भ्याउनुहुन्छ । छोराछोरीको फुर्सद भयो भनेपनि सँगै मिलेर दुना टपरी गाँस्न बसिहाल्ने उहाँ बताउनुहुन्छ ।
फुर्सदमा गाँसेको दुना टपरी बेचेर उहाँले महिनाको ३ देखि ४ हजारसम्म  आम्दानी गर्ने बताउनुहुन्छ ।

पिपे्रनी कै कृष्णा न्यौपानेले पनि विहान,साँझ र राती फुर्सदमा दुना टपरी गाँसेर आम्दानी गर्दै आउनुभएको छ । उहाँका श्रीमानले  पात टिप्न  सहयोग गर्नुहुन्छ भने छोराछोरी ,सबै मिलेर दुना टपरी गाँस्ने गरेको उहाँ बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ – “फुर्सदको समयमा अरुका कुरा काटेर र टीभी हेरर त्यसै समय खेर फाल्नुभन्दा दुना टपरी गाँसेमा आम्दानी हुने उहाँ बताउनुहुन्छ । अहिले आफूलाई खाँचो पर्दा अरुसँग सापटी माग्न पनि नपर्ने उहाँको भनाइ छ ।

गाउँ नजिकै जङ्गल रहेकाले पनि सालको पात  सजिलै उपलब्ध भएकाले यो स्थानीयको आम्दानीको स्रोत बनेको छ ।

पार्वती र कृष्णाको मात्रै नभई त्यहाँका प्राय सबै महिलाको आम्दानीको स्रोत दुना टपरी बनेको छ । ‘फुर्सदको समयमा खुट्यो अनि टपरी उद्योगमा लगेर विक्री गर्‍यो आम्दानी भैहाल्छ , घरखर्च पनि चल्छ’, उनीहरू भन्छन् ।

प्रकाशित मिति : २०७२ भदौ ९ गते वुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: