१३ महिलाको हत्या, बीसजना बलात्कृत


प्रकाशित मिति :2015-08-26 15:29:12

महिला खबर

Image

ललितपुर, भदौ ९ । सञ्चारिका समूह नेपालले एक महिना (१ – ३१ साउन, २०७२) मा १५ वटा राष्ट्रिय दैनिकमा गरेको सञ्चार अनुगमनले २० जना किशोरी तथा महिलाको बलात्कार भएको देखाएको छ । अनुगमन अवधिमा बलात्कारसम्बन्धी ८९ वटा समाचार सामग्री प्रकाशित भएका थिए ।

अनुगमनमा खेलकुद र मनोरञ्जनसम्बन्धी समाचारबाहेक दैनिक पत्रिकाका समाचार, विचार तथा सम्पादकीय सामग्री समेटिएको समूहद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।

विज्ञप्ति अनुसार महिलामाथि हुने विभिन्न प्रकारका हिंसालाई १३ वटा शीर्षकमा अनुगमन गरिएको थियो, जसमा बलात्कार, यौन दुव्र्यवहार, घरेलु हिंसा, दाइजो, मानव बेचविखन, हत्या, बहुविवाह, बोक्सी, परम्परागत तथा धार्मिक हिंसा, आर्थिक, स्वास्थ्यसम्बन्धी, राजनीतिक र अन्य थिए ।

साउन महिनामा हत्याका १३ वटा घटना भएको र हत्यासम्बन्धी ४९ वटा समाचार सामग्री प्रकाशित भएको विज्ञप्तिमा उल्लेख छ । बोक्सी आरोपका २ वटा घटना भएको र १९ वटा समाचार सामग्री प्रकाशित भएका थिए । यौन दुव्र्यवहारका ६ वटा घटनाको २१ वटा समाचार सामग्री प्रकाशित थिए ।

स्वास्थ्य अधिकारहनन्का २ वटा घटना र ६१ वटा समाचार सामग्री प्रकाशित भएका थिए । आर्थिक अधिकारसँग सम्बन्धित ४५ वटा समाचार, विचार तथा सम्पादकीय छापिएको समूहले जनाएको छ । मानव बेचबिखनसम्बन्धी ५६ र राजनीतिक अधिकार हनन्सम्बन्धी ७७ समाचार, विचार तथा सम्पादकीय छापिएको विज्ञप्तीमा जनाईएको छ ।

त्यस्तै परम्परागत र धार्मिक हिंसासम्बन्धी एउटा घटना सार्वजनिक भएको थियो भने यससँग सम्बन्धित २४ वटा समाचार सामग्री प्रकाशित भएका थिए । बहुबिवाहका ३ वटा घटना र ४ वटा समाचार सामग्री प्रकाशित भएका थिए । घरेलु हिंसाका २१ वटा समाचार सामग्री प्रकाशित भए । यसैगरी दाईजो सम्बन्धि हिंसामा एउटा समाचार सामग्री प्रकाशित भएको थियो ।

महिला हिंसासम्बन्धी सबैभन्दा बढी समाचार भित्री पृष्ठमा छापिएको सञ्चारिका समूहले जनाएको छ ।  पहिलो पृष्ठमा ४६ समाचार छापिएका थिए । सबैभन्दा बढी समाचार (८९ वटा) पाचौं पृष्ठमा छापिएका थिए ।

समूहका अनुसार महिला हिंसासम्बन्धी समाचारको स्थान सन्तोषजनक थियो । अनुगमनले महिलामाथि हिंसा गर्नेमा परिवारका सदस्य (५२), पीडक उल्लेख नभएका (२०), छिमेकी (४), राज्य (२) र  अन्य (१४) भएको देखाएको छ ।

सो अवधिमा महिला हिंसासम्बन्धी  ९ वटा सम्पादकीय,  १० वटा फोटो समाचार, ६६ वटा लेख,  ८४ वटा सफ्ट न्यूज तथा  ३७० वटा हार्ड न्यूज प्रकाशित थिए । प्रकाशित समाचारमध्ये हार्ड न्यूज ४९, सफ्ट न्यूज ५१ र २४ वटा लेखमा मात्र फोटो स्केच प्रयोग गरिएका विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिका अनुसार सञ्चारमाध्यमले महिला हिंसासम्बन्धी समाचारलाई प्राथमिकतामा राखेको र यो महिना समाचारको ‘फलोअप’ सन्तोषजनक पाइएको छ । यो महिना बलात्कारका ४, हत्याका ४, बोक्सी आरोपको १ र घरेलु हिंसाको १ वटा ‘फलोअप’ समाचार प्रकाशित भएको देखिन्छ । ‘हार्ड न्यूज’ मा फोटोको प्रयोग कम (४९) पाइएको छ र समाचार सामग्रीमा पीडित वा पीडक कसको तस्बिर राख्ने भन्नेमा यस अघि झै स्पष्ट नीतिको अभाव नै देखिएको समूहको भनाइ छ । यस महिना पीडितका २९ वटा तस्बिर छापिएका थिए भने पीडकका तस्बिर छापिएनन् ।

सञ्चारिका समूहले सञ्चारमाध्यममा महिला हिंसाका समाचार कति आएका छन् ? ती समाचारले कस्तो प्राथमिकता पाइरहेका छन् ? हिंसाका समाचारमा ‘फलोअप’ समाचार आएका छन् कि छैनन् ? समाजमा के कस्ता लैंगिक हिंसा भइरहेका छन् र ती सम्बन्धमा कस्ता समाचार सामग्री आइरहेका छन् भनेर सञ्चार अनुगमन गर्दैआएको बिमला तुम्खेवाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति :२०७२ भदौ ९ गते वुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: