ईश्वरी जी.एम.
रोल्पा,भदौ ९ । रोल्पाको लिबाङ नगरपालीका ६ स्थित पारिजात आमा समूहले सर्बोत्तम पिठो उत्पादनका लागी सामूदायिक पिसानी मिल सञ्चालनमा ल्याएका छन् ।
दुई वर्ष मुनिका बालबालिकाहरू तथा गर्भवती एवं सुत्केरी महिलालाई समेत लक्षित गर्दै स्थानीय स्रोत साधनको प्रयोग गरेर सर्वोत्तम पिठो उत्पादन गरी बालबालिकालाई कुपोषण बाट बचाई स्वास्थ्य राख्ने उद्देश्यले मील सञ्चालनमा ल्याईएको उनीहरूले बताएका छन् ।
सो मील सञ्चालन गर्नका लागी भवन निर्माण गर्न जिविस रोल्पाले ७४ हजार, मीलका सामग्रीहरु खरिद गर्न कृषि तथा खाद्य सुरक्षा आयोजना, जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले ३ लाख रकम सहयोग गरेका थिए भने आयोजक पारिजात आमा समूहले आफ्नो ६० हजार लगानी गरेको समूहका कोषाध्यक्ष माया डाँगीले बताउनुभयो ।
स्थानीय भटमास, चना, केराउ, चामल, गहुँ लगायतबाट उत्पादन गरिने सर्बोत्तम पीठोलाई हाल गाउँकै समूहमा मात्र प्रयोग गरिए पनि दर्ता प्रक्रियामा छिट्टै गएर यहाँ उत्पादन गरिएको पीठोलाई जिल्लाभर र जिल्ला बाहिर खपत गर्न लागि पर्ने समुहकी सल्लाहकार गौमाया केसीले बताउनुभयो ।
महिलाको सामुहिक प्रयासबाट सञ्चालनमा आएको सर्बोत्तम पीठो उद्योगलाई गाउँदेखि शहरसम्म बिस्तार र प्रचारप्रसार गर्न सक्दो सहयोग गर्ने जिल्लास्थित राजनैतिक दल र सरोकारवालाहरूले प्रतिवद्धता समेत जनाएका छन् ।
प्रकाशित मिति २०७२ भदौ ९ गते बुधवार
Comment Here!