प्रहरीले उजुरी लिन नमानेपछि प्रजिअसँग गुहार


प्रकाशित मिति :2015-08-27 13:01:38

महिला खवर
सुनसरी, भदौ १०। सुनसरीको धरान बस्ने एक किशोरीले आफूलाई अपहरण गरी २० दिनसम्म बन्धक बनाएर बलात्कार गर्ने युवकविरुद्ध दिएको उजुरी जिल्ला प्रहरी कार्यालय मोरङले दर्ता गर्न नमानेपछि मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीसँग गुहार मागेकी छन्। २० दिनसम्म बलात्कारमा परेकी उनले अपहरणकारी अजय यादवविरुद्ध जाहेरी दिन पटक पटक जिल्लाप्रहरी कार्यालय मोरङ जाँदा उजुरी लिन नमानेपछि न्यायका लागि प्रमुख जिल्ला अधिकारीसँग गुहार मागेकी हुन्।

सुनसरीको सदरमुकाम इनरुवास्थित मकालु टेक्निकल इन्स्टिच्यूट अफ कलेजमा स्टाफ नर्स अध्ययनरत उनी कलेजकै सिफारिसमा गत साउन १० गतदेखि कोशी अञ्चल अस्पतालमा नर्सिङको प्राक्टिकल गर्न ड्युटीमा रहेकी थिइन्।

ड्युटीमा रहेका बेला उनी अध्ययरत कलेजका अध्यक्ष राजकुमार यादवका छोरा अजयले एक सहयोगीका साथ उनलाई अपहरण गरी गाडीमा हालेर विर्तामोड, इटहरी, बर्दिवास र काठमाडौं का विभिन्न स्थानमा २० दिनसम्म बन्धक बनाइ पटक पटक बलात्कार गरेको ओरोप किशोरीले लगाएकी छन्। पीडित पक्षले यादवले अपहरण गरी बलात्कार गरेको घटनाको उजुरी प्रहरीले दर्ता गर्न नमानेपछि पीडक यादवसँग मिलेर प्रहरीले आर्थिक चलखेल गरेको आरोप लगाएका छन्। आरोपित अजय यादव हाल फरार छन्।

प्रमुख जिल्ला अधिकारीसँग गुहार मागेपछि उनले उजुरी दर्ता गर्न लिखित निर्देशन दिएका थिए। तर त्यो निर्देशन पनि प्रहरीले नमानेको पीडित परिवारले जनाएको छ। यता जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी तारिणीप्रसाद लम्सालले भने उजुरीमाथि प्रारम्भिक अनुसन्धान थालिएको बताउनुभएको छ।
यादव बाथरुममा नुहाउन पसेको बेला झुक्याएर भागेर धरान आएपछि उक्त घटना सार्वजनिक भएको हो। सुनसरीको सदरमुकाम इनरुवास्थित मकालु टेक्निकल इन्सिच्युटमा स्टाफ नर्स पढ्दै गरेकी १९ वर्षीया किशोरीलाई कलेजका संचालक अध्यक्ष राजकुमार यादवका छोरा अजय यादवले एक महिना अघि अपहरण काठमाडौं लगेर बलात्कार गरेका किटानी उजुरी दिएपनि उजुरी नलिएको पीडितपक्षको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय मोरङले उजुरी दर्ता गर्न नमानेपछि ती किशोरी र उनका परिवारले अपहरण गरी बलात्कार गर्नेलाई कडा कारबाही गराउन महिला अधिकारकर्मी, नागरिक समाज र राष्ट्रिय मानवअधिकार आयोगसँग पनि गुहार मागेका छन्। पीडित युवती मानसिक तनावमा रहेकी र नियमित कलेज जान छाडेको पीडितको परिवारले जनाएको छ।

प्रकाशित मितिः २०७२ भदाै १० गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: