भक्तपुर जलमग्न,महिला र बालबालिका बढी प्रभावित


प्रकाशित मिति :2015-08-27 14:33:21

कविता श्रेष्ठ

भक्तपुर, भदौ १० । बुधबार रातिदेखि परेको अविरल वर्षाले भक्तपुर र मध्यपुर नगरपालिका डुबानमा परेका छन् ।

जगाती,चुनदेवी,सल्लाघारी,सिर्जनानगर,राधेराधेलगायतका क्षेत्रहरू डुबानमा परेका छन् । हनुमन्ते नदीमा आएको बाढीका कारण यी क्षेत्रका तीन सयभन्दा बढी घर डुबान परेका हुन् ।

 DSCF1740

भक्तपुरकाे महेश्वरी खेल मैदानमा रहेको सबैभन्दा ठूला भूकम्प प्रभावितहरूको अस्थायी शिविरमा दुई हजार भन्दा बढी प्रभावित भएका छन् । प्रभावितहरूमा छ सय भन्दा बढी महिला रहेका छन् भने तीन सयको सङख्यामा बालबालिका रहेका छन् । ‘सुतिरहेको बेला बाढी आयो, कहाँ बस्ने, के खाने, बिजोग भयो हाम्रो’, पीडित विपना रिजालले काँधमा बच्चा बोक्दै भनिन् ।

भेलुखेलमा रहेको महिला तथा बालबालिकाको अस्पताल, सिद्दि स्मृति अस्पताल पनि डुबानमा परेको छ । उपचार भइरहेका तीस भन्दा बढी महिला तथा बालबालिकालाई सुरक्षित ठाँउमा सारिएको सिद्दि स्मृति प्रतिष्ठानमा म्यानेजर हरि अधिकारीले बताउनुभयो ।

DSCF1721

सल्लाघारीमा रहेको अक्सफोर्ड विद्यालयका १२ जना बालबालिकालाई उद्दार गरिएको छ भने प्रभावित क्षेत्रमा उद्दार कार्य जारी रहेकोे महानगरीय प्रहरी प्रवास कटुञ्ज प्रहरी नायव उपरिक्षक हरिश बहादुर चन्द बताउनुहुन्छ ।  उहाँले अविरल वर्षाले हनुमन्तेमा जलस्तर बढ्दै गएपछि  सर्तक रहन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गर्नुभयाे ।

अक्सफोर्ड विद्यालय, गुरुकुल विद्यालय, श्री बाल सेवक निम्न माध्यमिक विद्यालयलगायतका १५ वटा विद्यालय डुबानमा परेका छन् । उद्दारकार्यमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल सेना परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति :२०७२ भदौ १० गते विहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: