संसदमा महिला : नेपाल ३७ औं स्थानमा
अन्तरसंसदीय युनियनको प्रतिवेदन
महिला खबर
ललितपुर, भदाै १० । संसदमा महिलाको सहभागिता सुनश्चित गर्ने सवालमा नेपाल विश्वमा ३७ औं स्थानमा परेको छ। अन्तर संसदीय युनियनले सन् २०१५ जुलाई अन्तसम्म विश्वका एक सय ९० मुलुक समावेश गरेर निकालेको तथ्याकंको वरियतामा अफ्रिकी मुलुक रुवान्डा पहिलो स्थानमा छ।
सन २०१३ सेप्टेम्बरमा भएको तल्लो सदनको निर्वाचनपछि रुवाण्डाको संसदमा ६३ दशमलव ८ प्रतिशत महिला सहभागी भएका हुन्। यसैगरि बोलिभियाले ५३ दशमलव १ प्रतिशत महिला संसदमा प्रतिनिधित्व गराएर दोस्रो र क्युवा ४८ दशमलव ९ प्रतिशत महिला सहभागितासहित तेस्रो स्थानमा रहेका छन्।
स्वीडेन ४३ दशमलव ६ प्रतिशत महिला प्रतिनिधित्व गराएर पाँचौ स्थानमा छ। बेलायत भने २९ दमलव चार प्रतिशत महिला सहभागिता गराएर नेपालभन्दा एक स्थान पछि ३८ औं वरियतामा छ । यसैगरि अमेरिकाको संसदमा १९ दशमलब ४ प्रतिशत महिला छन् र अमेरिका ७५ आैं स्थानमा रहेको छ।
विश्वको सवैभन्दा ठुलो प्रजातान्त्रिक मुलुक भनिने भारतमा भने जम्मा १२ प्रतिशत महिला संसदमा छन्। भारत संसदमा महिला सहभागिता गराउने देशमध्ये १०७ औं स्थानमा रहेको छ।
यसैगरि दक्षिण एशियाका अन्य मुलुकहरू बङ्गलादेश २० प्रतिशतसहित ७२ औं स्थानमा रहेको छ भने भुटानमा ८ दशमलव ५ प्रतिशत १२३ औं स्थान र श्रीलंका ५ दशमलव ८ प्रतिशत १३१ औं स्थानमा रहेका छन्।
नेपालमा ५ सय ९९ सांसदमध्ये एक सय ७७ अर्थात २९ दशमलव पाँच प्रतिशत महिलाको सहभागिता छ।
प्रकाशित मितिः २०७२ साउन १० गते बिहीवार
Comment Here!