सुरक्षित सुत्केरीका बारेमा चेतना बढ्दै


प्रकाशित मिति :2015-08-28 10:38:37

महिला खबर 

लमजुङ(बेशिसहर) भदौ ११ । स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाको सङ्ख्या बढेको जिल्ला जनस्वास्थ्य कार्यलय लमजुङले जनाएको छ।
कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७१/७२ मा १ हजार ७ सय ६३ महिलाले स्वास्थ्य संस्थामा गएर सुत्केरी गराएका छन् भने अघिल्लो आर्थिक वर्ष ७०/७१ मा १ हजार ५ सय ३५ जनाले सुत्केरी गराएको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको हो।

आर्थिक वर्ष ०७१/७२ मा ३ हजार ७ सय ४३ नवजात शिशुको जन्म भएको छ। भने १५ जना नवजात शिशुको मृत्यु भएको कार्यालयले जनाएको छ। त्यस्तै अघिल्लो आ.व २०७०/७१ मा ७ जना नवजात शिशुको मृत्यु भएको कार्यालयका वरिष्ठ जनस्व्ाास्थ्य अधिकृत शतिस विष्टले जानकारी दिनुभयो।

विगतका वर्षमा भन्दा यसवर्ष सुत्केरी गराउने महिलाको सङख्या बढ्नुको कारण …महिलामा सचेतनाको वृद्धि र सुरक्षित मातृत्वकालागि सरकारले प्रदान गरेको सेवा सुविधान नै हो।’ विष्टले भन्नुभयो।

जिल्ला जनस्वास्थ्य कार्यलयले न्यानो झोला सेट वितरण, चार पटक गर्भ जाँच गराउने महिलालाई उत्प्रेरणा स्वरुप ४ सय रुपैयाँ प्रदान गर्दै आएको छ । त्यसैगरी एक हजार रुपैयाँ यातायात खर्च, निःशुल्क आइरन चक्की र बच्चा जन्माएपछि सुत्केरीलाई भिटामिन …ए’ क्याप्सुल दिने जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मितिः २०७२ भदाै ११ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: