ज्ञानु पंगेनी
नवलपरासी, भदौ ११ । नवलपरासीको देवचुली नगरपालिका केउरेनीमा रहेको नेपाल उच्चमाविको प्राथमिक तहमा अध्ययन गर्ने बालबालिकाका आमाहरूसँग विद्यालयले अन्तरक्रिया गरेको छ ।
बालबालिकाको पालनपोषण कसरी गर्ने ? उनीहरूले व्यक्तिगत आचरण कस्तो बनाउने ? पढाई लेखाईमा राम्रो बनाउन शिक्षकसँगै अभिभावकले घरमा सिकाउने कुरा के, त्यसमा पनि ठूलो भूमिका आमाको हुने भएकाले आमाहरूसँग अन्तरक्रिया गरेको विद्यालयले जानकारी दिएको छ ।
सो विद्यालयकी शिक्षिका तथा कार्यक्रम संयोजक रेवती खनालले विद्यालय पठाउँदा नास्ताका रुपमा बालबालिकालाई जङक फुडहरू नपठाउने , आवश्यक शैक्षिक सामाग्रीहरू अनिवार्य रुपमा उपलब्ध गराउने ,सरसफाईमा ध्यान दिने र बालबालिकाले दिएको गृहकार्य गरेका छन् वा छैनन् भनेर जाँच गर्नुपर्नेमा आमाले ध्यान दिनुपर्ने बताउनुभएको थियो ।
अन्तरक्रियामा सहभागीले बालबालिकालाई दण्ड सजाय दिँदा विद्यालय जानै नखोज्ने भएकाले सकेसम्म स्नेहपुर्वक पढाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा विद्यालयमा कक्षा ५ सम्म पढ्ने बालबालिकाका १ सय ५० जना आमाको सहभागिता रहेको थियो ।
प्रकाशित मिति २०७२ भदौ ११ गते शुक्रवार
Comment Here!