संशोधन हाल्ने ६ महिला संगठनको तयारी


प्रकाशित मिति :2015-08-28 16:08:58

कविता श्रेष्ठ

काठमाडौं,भदौ ११ । नयाँ बन्ने संविधानमा महिलाका अधिकार सुनिश्चित गर्न ६ पार्टीका महिला संङगठनले विधेयकमा संयुतm संशोधन प्रस्ताव हाल्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

उनीहरूले महिलाको मुद्दालाई साझा मुद्दाको रुपमा सडकदेखि सदनसम्म लैजान एक जुट हुने प्रण समते गरेका छन् ।
राजनीतिक महिला मञ्चले शुक्रवार काठमाडौंमा आयोजना गरेको ‘संविधानको परिमार्जित विधेयकमा लैङिगक दृष्टिकोणवाट संशोधनका सवाल’विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरूले समान अवसरको मात्रै होइन, पहुँच र परिणामको समानता पनि सुनिश्चित गरी संविधानमा व्यवस्था गर्न गोलबद्ध भएर लागिपर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै अन्तरपार्टी महिला संजालकी अध्यक्ष शशी श्रेष्ठले नयाँ बन्ने सँविधानको प्रस्तावनामा सामन्तिपछि पितृसतात्मक शब्द राख्नुपर्ने , नागरिकता सम्बन्धि धारा ११ उपधारा २ (ख)मा बाबुु वा आमा नेपालको वंशजको नागरिक रहेछ भने वाक्य थाप्नुपर्ने माग गर्नुभयो ।

उहाँले संविधानको मौलिक हकको महिला हकको व्यवस्था अनुरुप नीति निर्माण र निर्णय गर्ने तहमा महिलाको एकतिहाई प्रतिनिधित्व गराउन जोड दिनुभयो ।

11952044_10153324027083751_2172768974557269790_n

नेपाली कांगे्रस नेता डिना संग्रौलाले संविधान निर्माणको ऐतिहासिक मोडमा आइपुग्दा सम्पूर्ण महिलालाई एकिकृत भइ शक्ति प्रदर्शन गर्न आवहान गर्नुभयो । संवैधानिक आयोगलगायत सम्पूर्ण आयोगमा न्यूनतम एक तिहाई महिला रहने व्यवस्था ल्याउन उहाँले माग गर्नुभयो ।
सभासद रेखा शर्माले नागरिकतामा आमा वा बुबाको व्यवस्था गर्नुपर्ने र वैवाहिक अंगिकृत नागरिकतामा महिला र पुरुषलाई एकै खालको व्यवस्था गराउन संविधान सभामा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले वैवाहिक अंगिकृत नागरिकताको प्रावधानमा विदेशी महिला र पुरुषका लागि समान प्रावधान हुनुपर्ने र नागरिकता प्रदान नगरेको अवधिसम्म आर्थिक र सामाजिक अधिकारको परिचयपत्र दिने व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।
अधिवक्ता सपना प्रधान मल्लले कार्यपत्र प्रस्तुत गर्दै समानताको हकमा फरक लिङगीको आधारमा विभेद नगर्न यौनिक अभिभुखीकरण शब्द थपिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले राष्ट्रपति र उपराष्ट्रपति तथा प्रधानमन्त्री र उपप्रधानमन्त्रीमा एक महिला हुनुपर्ने गरी निर्णायक तहमा महिलाको सहभागिता व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । अधिकार मागेर पाईदैन भने खोसेर लिन पछि नपर्ने भन्दैँ उहाँले आक्रोश पोख्नुभयो ।

कार्यक्रममा बोल्दैं अखिल नेपाल महिला संघकी महासचिव थममाया थापाले राजनीतिक दलमा समानुपातिक समावेशी सुनिश्चितामा जोड दिदैं कुनै दलमा ३३ प्रतिशत महिलाको सहभागिता नभए दर्ता खारेज गरिने व्यवस्था हुनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले स्थानीय सरकारमा ५० प्रतिशत, संघियमा ४० प्रतिशत र केन्द्रीय सरकारमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरी प्रमुख वा उपप्रमुखमा एकजना महिला गराउन माग गर्दै एक ढिक्का भएर लागिपर्ने बताउनुभयो ।

मधेशी महिला जनअधिकार फोरमका महासचिव सुनिता थरुनीले कुल जनसंख्याको ५१.४ प्रतिशत ओगटेका महिलाकोे अधिकार सुनिश्चित गर्न लागिपर्ने प्रतिवद्धता व्यक्त  गर्नुभयो । उहाँले महिलाको अस्तित्व स्वीकार गराउन निर्णायक तहमा महिलाको पहुँच बढाउनुपर्ने बताउनुभयो ।

प्रकाशित मितिः २०७२ भदौ ११ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: