महिला खबर
काठमाडौं, भदौ ११ । प्रधानमन्त्री शुशील कोइरालालले महिलालाई वार्ताका लागि बोलाउनु भएको छ । महिलाअनुकूल संविधानका लागि आन्दोलन गर्दै आएका महिलालाई प्रधानमन्त्री शुशील कोइरालाले वार्ताका लागि बोलाउनु भएको हो । भोली विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता हुने जानकारी वरिष्ठ अधिवक्ता तथा अधिकारकर्मी सपना मल्ल प्रधानले दिनुभयो ।
वार्तामा सभासद, राजनीतिक दल र नागरिक समाजका महिला सहभागी हुनेछन् । वार्ताका क्रममा नागरिकता र सहभागिताका विषयमा जोड दिइने उनीहरूले बताएका छन् । वार्ताका क्रममा उठाउने विषयमा उनीहले शुक्रवार साँझ छलफल गरी तयारी गरेका छन् । संविधान विधयेकमा संविधान सभामा छलफल भइरहेको र महिलामैत्री संविधानका लागि संशोधन प्रस्ताव लाने तयारी सभासद महिलाले गरिरहेको बेला प्रधानमन्त्रीले वार्ताका लागि बोलाउनुभएको हो ।
प्रकाशित मितिः २०७२ भदौ ११ गते शुक्रवार
Comment Here!