रमला सिंगक
सुनसरी, भदौ १३ । झापाको काँकडभित्ता नाकाबाट माइती नेपालले प्रहरीको सहयोगमा ६ महिनामा २ सय ८ जना महिला तथा किशोरीहरूलाई बेचिनबाट जोगाएको छ । माइती नेपालको काँकडभित्ता शाखाले ६ महिने प्रतिवेदन सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।
काँकडभित्ताका प्रमुख गोविन्द घिमिरेले चालु आर्थिक वर्षमा ७८ जना महिला तथा किशोरीहरू हराएको निवेदन आएकोमा ४० जना फेला परिसकेको जानकारी दिनुभयो ।
उहाँका ती मध्ये ३ जना बलात्कृत भएको र १ जना पीडकलाई १६ वर्ष कैद ३ लाख रुपैयाँ क्षतिपूर्ति ब्यहोर्ने फैसला जिल्ला अदालत झापाले गरेको जानकारी दिनुभयो । काँकडभित्ताको पुनःस्थापना केन्द्रमा ४० जनाको क्षमता भएपनि हाल पाँच जना पीडित महिला तथा
किशोरीहरूले आश्रय लिइरहेका छन् ।
सन् २०१४ मा काँकडभित्ता नाकाबाट माइती नेपालले २ सय ५० जना महिला तथा किशोरीहरूलाई बेचिनबाट जोगाएको थियो ।
प्रकाशित मिति २०७२ भदौ १३ गते आइतवार
Comment Here!