पारिश्रमिकमा विभेद भयाे : कलाकार महिला


प्रकाशित मिति :2015-08-30 12:29:32

महिला खबर

कैलाली, भदौ १३ । कला क्षेत्रका महिलालाई  पारिश्रमिक र निर्णायक भूमिकामा पछि पारिएको गुनासो  महिला कलाकारहरूले गरेका छन् ।

मनोरञ्जन क्षेत्रमा व्यावसायिक रुपमा कामगर्ने महिला कलाकारहरूले पुरुष कलाकारले भन्दा कडा मेहनत गर्नुपर्ने भएपनि पारिश्रमिक भने उनीहरूको भन्दा निकै कम हुने गरेको बताए ।

१२ वर्षदेखि थारु भाषामा आधारित चलचित्रमा अभिनय गर्दै आएकी नायिका अनुराधा चौधरीले भनिन् ‘महिला र पुरुष कलाकारले पाउने पारिश्रमिक रकममा विभेद हुँदै आएको छ, स्थानीयस्तरका महिला कलाकार त पारिश्रमिक नै पाउँदैनन भने पनि हुन्छ ।’

स्थानीय क्षेत्रमा निर्माण हुने चलचित्र तथा म्युजिक भिडियोमा खेल्ने महिला कलाकारलाई धेरै  आलोचना गरिने र पारिश्रमिकमा पनि विभेद सहनु परेको उनी वताउँछिन् । अनुराधाले आधादर्जन भन्दा बढी थारु चलचित्रमा अभिनय गरिसकेकी छन् ।

आफ्नो कला क्षेत्रको लगाव र सँस्कृति जोगाउनका लागि चलचित्र खेल्ने गरेको बताउने अनुराधा निर्माता र निर्देशकले तोकिदिएको काममा कडा मेहनत गरेपनि  काम र कुरामा विभेद हट्न नसकेको बताइन् ।

नेपालमामात्र होइन्, कला क्षेत्रमा पारिश्रमिकमा विभेदको समाना बलिउड र हलिउडका महिला कलाकारले पनि  गरिरहेको नायिका सानु कार्कीको भनाई छ । फिल्म क्षेत्रमा लागेको ५ वर्षको अवधिमा उनले आधा दर्जन चलचित्रमा अभिनय गरिसकेकी छिन् । यस अवधिमा आफूले हरेक कुरामा विभेदको महसुस गरेको उनले बताइन् । ‘पुरुष कलाकारको भन्दा महिलाको  अभिनयमा बढी मेहनत लाग्छ, तैपनि पारिश्रमिकमा विभेद हुन्छ, पुरुषको तुलनामा निकै कम दिइन्छ’, उनले भनिन् ।

समाजको आलोचना सहेर रोजेको पेशामा मेहनत गरेपनि पारिश्रमिक नपाउँदा दुःख लाग्ने गरेको कलाकार सन्ध्या पौडेल बताउँछिन् । उनले कलाकारितामा व्यावसायिक हिसाबले लागिसकेपछि पारिश्रमिक नपाउँदा पनि छोड्न नसकिएको बताइन् ।

उनले भनिन् ‘पारिश्रमिक नपाउँदा पनि पेशालाई निरन्तरता दिनुपर्ने बाध्यता छ । सुरुमा धेरैले पारिश्रमिक दिने भन्दै काम गराउँछन्, पछि दिँदैनन् ।’

उनले पुरुष कलाकारवाट हिंसा समेत हुने गरेको बताइन् । तर उनले कस्तो हिंसा भन्नेबारे बोल्न चाहिनन् । उनले फिल्म क्षेत्रमा पुरुष कलाकार सरह पारिश्रमिक पाउने महिला कलाकार एकदमै थोरै भएको बताइन् ।

प्रकाशित मिति २०७२ भदौ १३ गते आइतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: