महिला खबर
पोखरा, भदौ १३। पोखराका महिलाले भोली सोमबार शान्ति तथा सद्भाव र्याली निकाल्ने भएका छन्। पोखरा उपमहानगरपालिका नगर महिला समन्वय समितिको अगुवाईमा र्याली निकाल्न लागिएको हो। पोखराको सभागृहचोकबाट शुरु हुने र्याली न्यूरोड हुँदै चिप्लेढुङगा मानव अधिकारचोकमा पुगेर सभामा परीणत हुने समितिकी अध्यक्ष पवित्रा गुरुङले जानकारी दिनुभयो।
मुलुकमा शान्ति कायम गर्न र नेपाली/नेपालीवीच सद्भावको सन्देश दिने उद्देश्यले र्याली आयोजना गर्न लागिएको हो। ‘हामी मुुलुकमा शान्ति चाहन्छौ, नेपाली/नेपालीवीच सद्भाव चाहन्छौ, र्याली मार्फत शान्ति कायम गर्न तथा नेपालीवीचको सद्भाव नविग्रने गरी काम गर्न राजनीतिक नेतृत्वको ध्यानाकर्षण गराउछौ’, अध्यक्ष गुरुङले भन्नुभयो।
पोखराका २८ वटै वडामा महिला समन्वय समितिको बैठक बसि र्यालीको तयारी तिव्र पारिएको जनाइएको छ। अध्यक्ष गुरुङले र्यालीमा सहभागि भई शान्ति तथा सद्भावको पक्षमा उभिन सवैलाई आव्हान समेत गर्नु भएको छ।
प्रकाशित मितिः २०७२ भदाै १३ गते अाईतवार
Comment Here!